“असफल स्कुल” माथि र्‍यान्डम रिडर्स सोसाइटीद्वारा पोखरामा अन्तरक्रिया सम्पन्न (फोटो फिचर)

जनसरोकार

४ कार्तिक,पोखरा । पढने सस्कृतिको बिकास गर्ने उद्देश्यले र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालले पोखरामा बिबिध साहित्यिक कार्यक्रमहरु गर्दै आइरहेको छ । यसैक्रममा अमेरिकी शिक्षा चिन्तक जोन हल्टको ‘अन्डरअचिभिङ स्कूल पुस्तकलाई सिकाई समूह द्वारा प्रकाशित भाषाविद तथा पत्रकार शरदचन्द्र वस्तीले नेपालीमा अनुवाद गरको पुस्तक “असफल स्कुल” माथि बहस तथा अन्तरक्रिया गरियो ।

उक्त अन्तरक्रियात्मक बहस कार्यक्रमका प्रमुख बक्ता प्रा केदार भक्त माथेमा रहनु भएको थियो । होटेल स्नोल्याण्डमा भयको उक्त कार्यक्रममा र्याकन्डम रिडर्स सोसाइटी अफ नेपालका उपाध्यक्ष केशब शरण लामिछानेले स्वागत गर्दै शुरु भएको कार्यक्रममा प्रमुख अथिति एबम बक्ता प्रा. केदार भक्त माथेमाले “असफल स्कुल” पुस्तकले आधुनिक विद्यालयको मान्यता र यसको कार्यान्वयनले बालबालिकाको सिकाई प्रक्रियामा लगाइरहेको अंकुश र उत्पन्न गरिरहेको यातनाका विषयलाई मसिनो गरि केलाएको छ।

सिर्फ अंग्रेजी सिकाउदैमा पढाउदैमा विद्यार्थीहरुले व्यवहारिक ज्ञान पाइरहेका हुदैनन् । अंग्रेजी अनिवार्य बोल्नै पर्ने बोर्डिंग स्कुलहरुमा टाई लगाउन बाहेक अन्य ब्यबहारिक ज्ञान दिने गरिएको पाइदैन बरु गाउका बालबालिकाहरुले काम गर्दा, हिड्दा, आफु भन्दा ठुलाले गरेको देखा सिकी गरि ब्येबहारीक ज्ञान पाइरहेको कुरा गर्नु भयो ।

नेपाल के हो, नेपाल कला, सस्कृति, रिति – रिवाज के हो आदि बारे जानकारी नै नपाउदै स्कुले शिक्षा सकिए पछी विदेश जान्छन र नेपाललाइ नै राम्रो संग परिचित नभई उनीहरु नेपाल बारे आफ्नै धारणा बनाउछन । तेसैले गर्दा हाम्रो स्कुले शिक्षामा नेपाल बारे ब्येबहारिक ज्ञान हुन जरुरि भयको कुरा ब्यक्त गर्नु भयो ।

सस्थाका अध्यक्ष उपेन्द्र पौडेल भन्नु भयो ‘यो पुस्तक सबैले पढ्नै पर्ने हुन्छ, ‘अहिले हामीले जे गरिरहेका छौं । हन्टको विचारमा यो सबै उल्टो हुन्छ ।’ यो पुस्तक अध्ययन गरेपछि कसरी अघि बढ्ने भन्ने बाटो देखाउने उनले बताए । साथै सस्थाका उपाध्यक्ष केशब शरण लामिछाने यो पुस्तक शिक्षक, प्रधानाध्यापक, शिक्षाकर्मी, शिक्षाविद्, कर्मचारी, राजनीतिकर्मीलाई गतिलो खुराक बन्न सक्ने उक्त अन्तक्रिया कार्यक्रममा बताए । साथै स्कुलले मात्र नभै अभिभाबक र समाजले पनि शिक्षामा सुधारको लागि केही कदम चाल्नु पर्ने बताए । ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिब हरी लम्सालले सफल बिद्ध्यार्थी उत्पादन गर्न यो पुस्तक असफल स्कुलले मद्दत गर्ने बताय । साथै नेपालमा शिक्षाको समग्र बिकासमा सरकारी र गैर सरकारी दुबइ पक्ष मिलेर अगाडि बड्नु पर्ने बताए ।

उक्त कार्यक्रममा विभिन्न ब्यतित्वहरुले नेपालको शिक्षा प्रणालीमा सुधार गरिनु पर्ने कुरा औलायाका थिय । जिज्ञाशुहरुको उत्तर दिने क्रममा किताबी ज्ञान र उच्च अंक, डिग्रीले मान्छे सफल, शिक्षित हुदैन । उसको व्यवहार र कामले उसलाई उँचो बनाउँछ । सफल विद्यालय त्यो हो जसको ठुलो भवन होइन र टपर विद्यार्थी उत्पादन गर्नमा होडबाजी पनि गर्दैन तर व्यवहारिक विद्यार्थी शिक्षित गर्छ भन्ने कुरा उक्त कार्यक्रमका प्रमुक बक्ता प्रा केदार भक्त माथेमाले बताउनु भयो ।

img_5474

img_5383

img_5408

img_5409

img_5414

img_5478

img_5415

img_5422

img_5442

img_5443

img_5452

 

img_5476

 

img_5783

img_5883

Post Comment