भुकम्पले भत्काएको स्वास्थ चौकी भवन पुनर्निर्माण गरी सरकारलाई हस्तान्तरण (फोटो फिचर)

जनसरोकार

img_3482
२०७२ साल बैशाख १२ गते आएको बिनासकारी भुकम्पले भात्काएको धादिङ गोगनपानी गाबिस स्तिथ गोगनपानी स्वास्थ्य चौकीको पुनर्निर्माण गर्न रेन्बो चिल्ड्रेन होम नेपालले भुकम्प पुनर्निर्माण प्राधिकरणको शिफासिर, धादिङ जिल्ला बिकास समितीको शिफरिस तथा गोगनपानी गाबिसको सिफारिसमा उक्त क्षत-बिक्षत अवस्थामा रहेको स्वास्थ्य चौकी भवनको नजिकै नयाँ भवन निर्माण गर्ने सहमती र सिफारिस अनुसार २०७३ असारमा स्थानिय समाजसेवी शेर बहादुर तमाङको अध्यक्षतामा भबन निर्माण समिती गठन गरी रेन्बोव चिल्ड्रेन होमले नेपालको आर्थिक सकलन जुटाइ ४ कोठे पक्की भवन निर्माण गरी २०७३ साल पौष १ गते बरीस्ट जन स्वास्थ्य प्रशासक, धादिङका महेश्वोर श्रेष्ठ, गोगनपानी गाबिसका सचिब, जग्गा दाता स्थानिय समाजसेबी तेज बहादुर बुढाथोकी, बिभिन्न राजनैतीक पार्टीहरुका प्रतिनिधिहरु, गोगनपानी माध्यामिक बिद्यालायका प्रअ रामहरी थापा , CIRDS धादिङका कार्यकारी निर्देशक तथा स्थानिय समाजसेवी र नागरिकहरुको रहोबरमा बरीस्ट जन स्वास्थ्य प्रशासक, धादिङका महेश्वोर श्रेष्ठले नव निर्मित भवनको ढोका खोली उदघाटन गर्नु भयो । त्यसै अबसरमा रेन्बोव चिल्ड्रेन होम नेपालका निर्देशाक गोमा ढकालले गोगनपानी स्वास्थ्य चौकीका प्रमुख धिरेन्द्र दहित थारुलाई ताला-चापी बुझाई हस्तान्तरण गर्नु भयो ।
img_3487

img_3493
उक्त कार्यक्रममा पञ्चे बाजा, स्थानिय बजन समुह, ९ वटै वडाका आमा समुह, महिला स्वास्थ स्वम सेबिकाहरु, गोगनपानी गाबिसका सम्पूर्ण आमा समुहरुको प्रतिनिधिहरु सहित हजारौको सहभागीहरु रहेका थिय ।
img_3499

img_3507
उक्त भवन उदघाटन तथा हस्तान्तरण कार्यक्रममा स्वास्थ्य चौकी बनाउन जग्गा प्रदान गर्ने समाजसेवी तेज बहादुर तमाङ, भवन निर्माणकोलागी आर्थिक सहयोग जुटाउने रेन्बो चिल्ड्रेन होम नेपालका निर्देशक गोमा ढकाल, भवन निर्माण समितीका अध्यक्ष शेर बहादुर तमाङ र गोगनपानी स्वास्थ चौकी निर्माणमा सहयोग गर्ने धादिङ कल्लेरीका ग्रामीण सहकारी सदस्य लभराज खतीवडालाई कार्यक्रमका सभापती गोगनपानी गाबिसका सचिब पुण्य प्रसाद नेपालले दोसल्ला र प्रमुख अतिथी बरीस्ट जन स्वास्थ्य प्रशासक, धादिङका महेश्वोर श्रेष्ठले कदर पत्र प्रधान गरी सम्मान गरियो ।
img_3510

img_3512

img_3518
यसैक्रममा प्रमुख अतिथी श्रेष्ठले भुकम्प पछीको पुनर्निमाण कार्य सरकारले गर्न नसकिरहेको अवस्थ्यामा गैर-सरकारी सस्थाले स्वास्थ चौकी जस्तो सबेदनशिल क्षेत्रमा भवन निर्माण गरी सहयोग गर्ने रेन्बो चिल्ड्रेन होम नेपाल टिम तथा सस्थाका निर्देशक गोमा ढकाललाई हार्दिक धन्यबाद ग्यापन गर्नु भयो र आउँदा दिनमा पनि यसै गरी समाज सेवाहरु गर्दै जाने शुभकामना ब्यक्त गर्नु भयो ।
img_3522

img_3528

img_3534

img_3540
उक्त सभाका सभापती तथा गोगनपानी गाबिसका सचिब पुण्य प्रसाद नेपालले भुकम्पले भबन भत्काए पछी अहिले सम्म पाल मुनी बाट स्वास्थ सेवा दिदै अाइरहेकोमा अब उप्रान्त पालमुनी बसेर बिरामी जाँच्न नपर्ने र यहाँका जनताहरुले अझ राम्रो स्वास्थ सुबिधा पाउने भएकाले सम्पूर्ण गोगनपानी गाबिसका जनताको तर्फबाट रेन्बो चिल्ड्रेन होम नेपाल तथा निर्देशक गोमा ढकाललाई हार्दिक आभार ब्यक्त गर्नु भयो ।
img_3543

img_3546

img_3556
त्यसैगरी गोगनपानी स्वास्थ चौकीका प्रमुख धिरेन्द्र दहित थारुले पालमुनीबाट सम्पुर्ण सेवाहरु दिन नसकीरहेको अवस्थामा नयाँ भवन पछी स्वास्थ चौकीबाट दिने मिल्ने सबै प्रकारका सेवाहरु अब सचालनमा आउने कुरा बताउनु भयो ।
img_3569

img_3581
भुकम्पले भवन भत्काए पछी स्वास्थ चौकीले कतीपय सेवाहरु दिन नसक्दा स्थानिय बसिन्दाहरु निकै मारमा परेका थिय । यो स्वास्थ चौकीले सम्पूर्ण गोगनपानी गाबिसका ९ वटै वडाहरुमा बसोबास गर्ने ६७९१ जनसंख्या र नुकाकोटको दुई पिपल गाबिसका जनताहरुलाई समेट सेवा पुर्याउदै अाइरहेको छ ।
img_3582

img_3628

img_3633
उक्त स्वास्थ्य चौकीका कर्मचारी रुपा अर्यालका अनुसार सार्वजनिक यातायातको सुबिधा नभएको र बाटोको त्यती राम्रो सुबिधा नभएकाले अहिले सम्म जम्मा ३ पटका एम्बुलेन्स गाउमा आएको छैन ।
img_3685

img_3693

img_3699

img_3746
मन्तब्यको क्रममा स्थानिय समाजसेबी बिशाल लुङेली मगरले गोगनपानी गाबिसका जनताहरुलाई एउटा एन्बुलेन्सको अत्यधिक खाचो रहेको कुरा ब्यक्त गर्नु भयो । स्वास्थ चौकीबाट रिफर गरेका बिरामीहरु यातायातको साधन नहुँदा बाटोमा नै मृत्यु हुनेहरुको सख्या धेरै पुगीरकेको कुरा औल्याउनु भयो ।
img_3798

img_3806

img_3827
उक्त क्रर्यक्रममा बोल्दै रेन्बो चिल्ड्रेन होम नेपालका निर्देशक गोमा ढकालले गोगनपानीमा स्वास्थ चौकी भुकम्पमा भात्केर पालमुनीबाट सेवा दिदै अइरहेको कुरा सुनेपछी आफुलाई केही गर्ने इछ्या भयको र पोखरामा CIDEN नामक स्पेनिस गैर सरकारी सस्थासँग भेट हुँदा यस स्वास्थ चौकीको बारेमा कुरा गरेर सहयोग मागी उक्त सस्थाका प्रतिनीधीहरुलाई स्पेन देखी बोलाएर देखाइ चौकीको निर्माणको लागि आर्थिक सहयोग जुटाउन पाउदा धेरै खुशी लागेको बताउनु भयो ।
img_3830

img_3866
साथै स्वास्थ सेवा मात्रै नभै यहाँको यातायात र बाटो-घाटोमा पनि सरकारले ध्यान दिन जरुरी देखिएको कुरा ब्यक्त गर्नु भयो र आउँदा दिनमा यदी कुनै सहयोगी ब्यक्ती वा सस्था भेटिएमा एम्बुलेन्सको लागि पहल गर्ने कुरा बताउनु भयो ।
img_3941
मन्तब्यको क्रममा भ्याली कलेज अफ टेक्निकल साइन्सका दिपक कुमार श्रेष्ठ, रेडियो धार्केका सचिन शर्मा, जिल्ला जन स्वास्थ धादिङका खोप अधिक्रित, सरद प्रसाद, कोलचेन अधिक्रित मणीराम आलम, खोप अधिक्रित मधुसुदन खड्का, नेपाली कङ्रेसका बिशाल लुङेली मगर, एमालेका शिब अर्याल, माओबादी केन्द्रका रबी ओझा तथा नयाँ शक्ती पार्टीका प्रतिनिधि, सहयात्राी समाज- धादिङ, CIRDS का निर्देशकले आफ्ना मन्तब्य तथा धारणाहरु राख्नु भएको थियो
img_3950
उक्त कार्यक्रम सोही स्वास्थ चौकीका सिअहेब दमोदर रिमालले सचालन गर्नु भयको थियो भने स्वास्थ चौकीका अनमी द्वय रुपा अर्याल र कल्पना रुपाखेतीले अतिथीहरुलाई ब्याच बितरण गर्नु भएको थियो ।
img_4045
उक्त स्वास्थ चौकी उदघाटन तथा हस्तान्तरण कार्यक्रम र धादिङ जिल्लाको गोगनपानी गाबिसलाई “पूर्ण खोप गाबिस” घोषणा सँगै गरिएको थियो । सोही अबसरमा गाबिस बिभिन्न बिद्यालयका विद्यार्थी, स्थानिय क्लब, आमा समुह, भजन मन्डली आदी द्वारा आफ्नो प्रस्तुतीहरु देखाएका थिय भने पुराना महिला स्वम सेबिकाहरुलाई तथा पूर्ण खोप गाबिस बनाउन सहयोग गर्नु हुने सम्पूर्ण ब्यक्ती तथा संघ सस्थाहरुलाई कदर पत्र सहित सम्मान ब्यक्त गरिएको थियो

Post Comment