पोखरामा राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिताको (फोटो फिचर)

पोखरामा राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिताको (फोटो फिचर)
खेल जनसरोकार

पोखरा रंगशालामा सोमबार भएको फाइनलमा आर्मी टिमलाई ३०–२७ स्कोरले पराजित गर्दै जाउलाखेलले उपाधि जितेको छ ।

अपांग खेलकुद समिति कास्की र स्वाबलम्बन जीवन पद्धति समाज नेपालको संयुक्त आयोजनामा पोखरामा भएको पाँचौ भिबोर सोसाइटी राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि जाउलाखेलले जितेको छ ।

प्रतियोगितामा आयोजक अपांग खेलकुद समिति कास्कीले तृतीय स्थान प्राप्त गर्‍यो ।

तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा आयोजकले डब्लुएसए जोरपाटीलाई १८–१० स्कोरले पराजित गरेको थियो ।

प्रतियोगितामा प्रथमले नगद २० हजारसहित ट्रफी र मेडल, द्वितीयले नगद १० हजारसहित ट्रफी र मेडल तथा तृतीयले ५ हजारका साथमा ट्रफी र मेडल पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा जाउलाखेलका दानबहादुर थिङ उत्कृष्ट खेलाडी तथा आर्मीका राजु कटुवाल हाइ स्कोरर भए ।

उनले १५ स्कोर गरेका थिए । उनीहरूले मोवाइल पुरस्कार पाए ।

विजयी खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुमप्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

आयोजक संस्थाका अध्यक्ष भरतविक्रम बानियाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Post Comment