देउवाको दबाबपछि प्रचण्ड आत्तिएर थाल खाउँ कि भात खाउँ भन्ने अवस्थामा पुगे :-एमाले अध्यक्ष केपी ओली

देउवाको दबाबपछि प्रचण्ड आत्तिएर थाल खाउँ कि भात खाउँ भन्ने अवस्थामा पुगे :-एमाले अध्यक्ष केपी ओली
जनसरोकार

एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामाको विषयमा असहमति जनाएका छन् ।

मंगलबार राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियामा एमाले अध्यक्ष ओलीले दोस्रो चरणको चुनाव नभएसम्म प्रधानमन्त्री दाहालले राजीनामा दिन नमिल्ने बताए ।

दोस्रो चरणको चुनाव नभएसम्म प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने लाजमर्दो हुने ओलीको तर्क छ । ‘दोस्रो चरणको चुनावका लागि ९ दिनपछि उम्मेदवारी दर्ता गर्नुपर्छ । अहिले सरकार परिर्वतन कसरी चुनाव हुन्छ ? चुनाव नै प्रभावित हुन्छ ।’- उनले भने।

राजीनामा दिने तयारी गरिरहेका प्रधानमन्त्री दाहालका विषयमा उनले भने – ‘देउवाले प्रधानमन्त्रीलाई भेट्यो कि कहिले छाड्ने भनेर आतंक मच्चाएका छन् । देउवाको दबाब दिएपछि प्रचण्ड आत्तिएर थाल खाउँ कि भात खाउँ भन्ने अवस्थामा पुगेका छन् ।’

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको तीन दलको बैठकमा आफूले देउवालाई दोस्रो चरणको चुनावसम्म पर्खिन सुझाव दिएको जानकारी दिए । मलाई देउ भनेर हात थाप्नेलाई मैले भनेको छु, लोकलाज भन्ने हुन्छ कि हुँदैनन ? २०/२२ दिन पनि पर्खन नसक्ने भन्ने कुरा पनि हुन्छ ?’

Post Comment