सरकार परिवर्तन नेपालको आन्तरिक मामिला भारतले भन्यो ।

समाचार
India_button
नेपालमा हुन लागेको सरकार परिवर्तनलाई आन्तरिक मामिला भन्दै भारतले यसमा कुनै प्रतिक्रिया नजनाउने बताएको छ । यस अघि चीनले पनि सरकार परिवर्तन नितान्त आन्तरिक मामिला भनेको थियो।  भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने,‘नेपालको पछिल्लो राजनीतिक विकासलाई हामीले नितान्त अन्तारिक मामिलाका रुपमा लिएका छौं। त्यसैले यस विषयमा टिप्पणी गर्दिनँ।’
नेपालमा बाढी र पहिरोका कारण मानिसको मृत्यु भएकोप्रति भारतले दुःख व्यक्त गरेको छ। दुई देशको सीमा नजिकै बाढी आइरहेका कारण आफूहरुलाई पनि समस्या आइपरेको प्रवक्ता स्वरुपले बताए। ‘नेपाल सरकारले आग्रह गरेमा बाढी पहिरोमा परेकाको उद्धारमा नेपाल सरकारलार्इ सहयोग गर्न हामी तयार छौं,’।