बाजुरामा सेनाको हेलिकप्टर दुर्घटना ,पाईलट महासेनानीको मृत्यु

बाजुरामा सेनाको हेलिकप्टर दुर्घटना ,पाईलट महासेनानीको मृत्यु
जनसरोकार

बाजुराको कोल्टीमा नेपाली सेनाको बिमान दुर्घटनामा परेको छ । हुम्लाका लागि उडेको जहाज बिहान बाजुराको कोल्टी विमानस्थलमा आकस्मिक अबतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । एकजनाको जीवितै उद्दार गरिएको नेपाली सेनाले जनाएको छ ।विमानमा चालक, सहचालक र विमान परिचारिका गरी तीन जना थिए । उनीहरु मध्ये पाइलट महासेनानी कैलाश गुरुङको निधन भएको छ ।

एन ए ०४८ कल साइन बिमान धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेको प्रत्यक्षदर्शीले बताएका छन् । विमानमा आगो लागेपछि सुरक्षाकर्मी र स्थानीयले निभाएका  छन् । तर, जहाजको इन्जिन चालु अबस्थामा रहेका कारण उद्दारमा कठिनाइ भएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार नेपाल खाद्य संस्थानले ढुवानीका लागि चार्टर गरेर खाद्य सामाग्री लैजाने क्रममा खराब मौसमका कारण दुर्घटनामा परेको हो ।

घटनामा एक महिला को-पाइलट घाइते रहेको समाचार भए पनि उनको नाम हालसम्म खुल्न नसकेको नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कडायतले जानकारी दिए ।

Post Comment