– राष्ट्रिय एकता अभियान सर्वपक्षीय नागरिक दवाब समुहले र अन्तर्राष्ट्रिय हिन्दु जनजागरण गौ रक्षा अभियानले वैद्धिक सनातन हिन्दु राज्य पुनःस्थापनाको लागि कडा आन्दोलन गर्ने चेतवानी दिएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समुहले वर्तमान संविधानले ९४ प्रतिशत हिन्दुहरूको भावनामाथि कुठाराघात गरेको ओरोप लगाउँदै हिन्दू राष्ट्र पूर्नस्थापनाको लागि कडा आन्दोलन गर्ने जनाएको हो ।
कार्यक्रममा अभियानका संयोजक एवम् नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईले नेपाललाई हिन्दुराष्ट्र कायम नगरिएसम्म आफूहरुको आन्दोलन नरोकिने दाबी गरे । उनले भने,‘आगामी साउन ८ गतेदेखि भारतको हरिद्धारदेखि पशुपतिनाथसम्मको राष्ट्रिय एकता सर्वपक्षिय संकलप यात्रा हुनेछ, त्यसले नेपाललाई हिन्दुराष्ट्र कायम गराउनको लागि माहोल निमार्ण गर्नेछ, नेपाल भारतका हरिद्धारको गंगा, जमुना ब्रम्हपुत्र, कावेरी, सरयू आदी र नेपालका प्रवित्र सम्पूर्ण नदी गंगा नदी जलाबाट पशुपतिनाथमा जलाभिषेक गरी बनकालीमा विराट धर्मसभाको आयोजना गरिनेछ।’ उक्त धर्मसभालाई नेपाल र भारतका प्रसिद्ध हिन्दूवादी अभियन्ताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बोल्बम कवरीया संघका अध्यक्ष रामआज्ञा साहले राष्ट्रिय एकता संकल्प यात्रामा २ लाखा मानिस उतार्ने बताए् । उनले भने,‘म नेपाललाई हिन्दु राष्ट्र कायम गर्नको लागि त्यस दिनमा २ लाख मानिस जम्मा पार्छु आर्को कुरा नेपाललाई हिन्दुराष्ट्र कायम नभएसम्म सरकारलाई घुँडा टेकाउनको लागि निरन्तर आन्दोलनमा सहभागिता रहने विश्वास व्यक्त गर्दछु।’