यसरी काठमाडौं ल्याइयो भरतपुरमा च्यातिएका मतपत्र

यसरी काठमाडौं ल्याइयो भरतपुरमा च्यातिएका मतपत्र
जनसरोकार

भरतपुरमा च्यातिएका मतपत्र आज काठमाडौं ल्याइएको छ । बुद्ध एयरका नियमित उडानबाट मंगलवार विहान मत्रपत्र काठमाडौं ल्याइएको हो । कडा सुरक्षाकाबीच मत पत्र काठमाडौं ल्याइएको छ ।

मतपत्र प्रकरणमा सर्वोच्च अदालतले च्यातिएका मत पत्र झिकाउन भनेपछि उक्त मत पत्र आज काठमाडौं ल्याइएको हो । सर्वोच्चले असार ६ मा एक साताभित्र च्यातिएका मतपत्रसहितका कागजात पेश गर्न आदेश दिएको थियो ।

जेठ १४ मा मत गणना कायम रहेका बेला माओवादी कार्यकर्ताले मतपत्र च्यातेको आरोप लागेको छ ।

त्यसपछि मतगणना रोकिएको छ । भरतपुरको १९ वडामा मत गणना भैरहदा मतपत्र च्यातिएको थियो ।

Post Comment