पोखरामा सातौ रास्ट्रिय ट्रायथोलन सम्पन्न (फोटो फिचर)

पोखरामा सातौ रास्ट्रिय ट्रायथोलन सम्पन्न (फोटो फिचर)
खेल जनसरोकार

पोखरा, ११ कात्तिक/पोखरामा सम्पन्न ७ औ राष्ट्रिय ट्रायथोलन प्रतियोगितामा आर्मीको बर्चस्व रहेको छ । शनिबार सम्पन्न प्रयोगितामामा आर्मीका बसन्त थारुले १ घण्टा ६ मिनेट १९ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारे । आर्मीका दिपेश चौधरी १ घण्टा, ७ मिनेट ५० सेकेन्डमा पुरा गरेर दोश्रो स्थान हात पार्दा आर्मीकै रुद्र कटुवालले १ घण्टा ९ मिनेट १५ सेकेन्डमा दुरी पुरा गरेर तेश्रो भए ।


पुरुषतर्फको ट्रायथोलनमा ६ जना सहभागि थिए । उनीहरुले फेवातालमा ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलो मिटर दौडीएका थिए । त्यस्तै महिलातर्फ सशस्त्र प्रहरीको एपीएफकी सोनी गुरुङले १ घण्टा २२ मिनेट २४ सेकेन्डमा दुरी पुरा गर्दै उपाधि जितेकी छन् ।

आर्मीकी यामकुमारी भूजेलले १ घण्टा २६ मिनेट ५५ सेकेन्डमा दुरी पुरा गरेर दोश्रो भईन । तीनजना महिला खेलाडी सहभागि प्रतियोगितामा एकजना दुरी पुरा गर्न असफल भईन ।

त्यस्तै ५ किलोमिटर दौड २० किलोमिटर साइक्लिङ र साडे २ किलोमिटरको अर्काे दौडको दुआथलनमा पुरुषतर्फ आर्मीका मानबहादुर थापाले उपाधि चुमे । उनले निधारीत दुरी ५७ मिनेट ३६ सेकेन्डमा पुरा गरे ।

एपीएफकका किरण मल्लले ५९ मिनेट २० सेकेन्डमा दुरी पुरा गरेर दोश्रो भए । त्यस्तै एपीएफर्क लक्ष्मण मल्लले १ घण्टामा दुरी पुरा गरेर तेस्रो स्थान हात पारे । दुआथलनमा २१ जनाले सहभागीता जनाएका थिए ।

दुआथलनमा महिलातर्फ १ घण्टा १० मिनेट ५५ सेकेन्डमा दुरी पुरा गरेर प्युठानकी होमी बुढामगर प्रथम भईन । १ घण्टा १४ मिनेट १२ सेकेन्डमा दुरी पुरा गर्दै आर्मीकी मञ्जु खड्का दोश्रो र १ घण्टा २१ मिनेट ४१ सेकेन्डमा दुरी पुरा गरेर झापाकी शान्तिकला राइ तेस्रो भईन ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई ७ औ राष्ट्रिय खेलकुद र एशियन गेमका लागि बन्द प्रशिक्षमा राखिने कास्की जिल्ला ट्रायथोलन संघका सचिब प्रकाश बरालले जानकारी दिए ।

Post Comment