न्याश्नल इन्भेन्टिभमा एस.ई.ई. उत्तिर्ण विधार्थीहरुलाई वधाई तथा सम्मान कार्यक्रम सम्पन्न

न्याश्नल इन्भेन्टिभमा एस.ई.ई.  उत्तिर्ण विधार्थीहरुलाई वधाई तथा सम्मान कार्यक्रम सम्पन्न
जनसरोकार समाज


पोखरा, असार । पोखराको बैदाममा अवस्थित न्याश्नल इन्भेन्टिभ आवासीय मा. वि. बाट माध्यमिक शिक्षा परिक्षा (एस ई ई) उत्तिर्ण विधार्थीहरुलाई वधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । प्राप्त नतिजा अनुसार विधालयबाट दुई जनाछात्राहरु रजनी शाही र दीक्षा राजभाटको सर्वोत्कृष्ट नतिजा अथार्थ जि.पि.ए. ४ प्राप्त गरेको विद्यालयले जनाएको छ । त्यस्तै १९ जना विद्यार्थीहरुले ए प्लस र अन्य सम्पूर्ण विद्यार्थीहरुले उत्कृष्ट ग्रेडमा परीक्षा उतीर्ण गरेका छन् । बधाई कार्यकमकोमा बोल्दै विद्यालयकी प्राचार्य उमा लामिछानेले विद्यार्थीहरुले प्राप्त गरेको उच्च नतिजाले अत्यन्त हर्षित तुल्याएको बताउनु भयो । उनले आगामी दिनमा पनि सोही प्रकारको नतिजा अपेक्षा गरेको र सबै विद्यार्थीहरुले आ–आफ्नो क्षेत्रमा सफल हुने र विद्यालयको नाम अझै उच्च बनाउने आश्य व्यक्त गर्नु भयो । त्यस्तै विद्यालयका उपप्राचार्य विक्रम पौडेलले अत्यन्त उत्कृष्ट नतिजा प्राप्त गरेकामा विद्यार्थीहरुलाई बधाई दिँदै सो नतिजालाई अबका दिनमा पनि कायम राख्नुपर्ने बताउनु भयो ।
जि.पि.ए. ४ भन्नाले सबै विषयमा ९०% देखि १००% प्राप्तांक भन्ने बुझिन्छ ।

Post Comment