पानी चुहिन्छ मेलम्चीको सुरुङमा

पानी चुहिन्छ मेलम्चीको सुरुङमा
जनसरोकार

युएस नेपाल न्युज, सिन्धुपाल्चोक  । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमार्गभित्रको गेट पानी परीक्षणको सातादिन नपुग्दै फुटेपछि सुरुङको गुणस्तरमाथि प्रश्न उठ्न थालेका छन् । हेर्डवक्सस्थल, अडिटजस्ता संरचना अविरल वर्षातले झनै क्षतिग्रस्त अवस्थामा पुगेको छ ।

मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिट जोड्ने १७ नम्बर गेट फुटेपछि मुहानस्थल र सुरुङको निरीक्षणमा पुगेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले सुरुङको ५ सय मिटर भागमा जताततै पानी चुहिएर बाहिर निस्केको देखिएको बताए । ‘भित्री सुरुङ पनि कमजोर छ, गेट मात्रै होइन सुरुङ भत्केकोजस्तो शंकास्पद देखिएको छ, यसबारे गहन अध्ययन हुनु जरुरी छ ।’ उनले भने ।

काम छोडेर फरार इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्तेस्टी दी रेभेना (सिएमसी) ले मापदण्डविपरित अल्कालीको मात्र शून्य दशमलव ६ भन्दा माथिको सिमेन्ट सुरुङ निर्माणमा प्रयोग गरेको प्राविधिकहरु बताउँछन् । ‘त्यसबेला सिएमसीले मापदण्ड विपरितको सामाग्री प्रयोग गरेर बनाएको थियो, त्यसैले पनि सुरुङ कमजोर बनेको हुनसक्छ,’ एक प्राविधिकले भने सिन्धु खबरमा खबर छ । इन्जिनियरिङ स्पेसिफिकेशन अुरुप अल्कालीको मात्रा शून्य दशमलव ६ भन्दा तलको सिमेन्ट मात्रै प्रयोग गर्न सकिनेछ ।

Post Comment