सुगम संगीतमा नारायण गोपालले नयाँ युग भित्र्याए:- उपराष्टपति पुन

कला - संगीत

१९,मङ्सिर । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली सुगम संगीतमा स्वरसम्राट स्वर्गीय नारायणगोपाल गुरुवाचार्यको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।
स्वरसम्राट स्वर्गीय नारायणगोपालको २६ औं वार्षिक स्मृति दिवसमा नेपाल कला संस्कृति विकास केन्द्र र भ्वाइस आर्ट एकेडेमीले आइतबार राजधानीको नारायणगोपाल चोकमा गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाली सुगम संगीतमा नारायण गोपालले नयाँ युग भित्र्याएको चर्चा गरे ।कार्यक्रममा उपराष्ट्रपति पुनले स्वर सम्राटका २० वटा गीतहरुको स्वरलिपी पुस्तकको विमोचनपनि गरेका थिए ।

सो अवसरमा विभिन्न गायक–गायिकाहरुले नारायणगोपालका कालजयी गीतहरु प्रस्तुत गरेका थिए ।उता, पोखरामा पनि तीनवटा सांगीतिक संस्थाले स्वर सम्राट नारायण गोपालको स्मृतिमा विशेष कार्यक्रमगरेका छन् । अनुपम म्युजिक, त्रिवेणी संगितालय र जे.ई. म्युजिक एकेडेमीले संयुक्त रुपमा नारायण गोपाल स्मृति दिवस मनाएका हुन् ।कार्यक्रममा नयाँ र पुराना डेढ दर्जन कलाकारले स्वर सम्राटका गीत गाएका थिए ।

कार्यक्रममा रामभक्त जोजिजू, मालती गुरुङ, प्रज्ज्वल जोजिजू, रुवी गौलीलगायतले नारायण गोपालका स्वरमा भएका गीत गाए ।कार्यक्रममा नारायण गोपालसँग ढेड दशकसम्म सँगै साङ्गीतिक यात्रा गरेका संगीतकर्मी अर्जुन चैनपुरेले नारायण गोपालकोसांगीतिक योगदान अतुलनीय रहेको बताए ।

Post Comment