‘तुलसी मञ्जरी’ एल्बमको ‘पक्कै अब..’ गीतको म्यूज़िक भिडियो सार्वजनिक

कला - संगीत

कहिले सञ्चार, कहिले साहित्य, कहिले गीत-संगीत त कहिले सामाजिक बिद्रोहका क्षेत्रमा नेपाली भाषी भूटानीहरू माझबाट विगत अाधा दशकदेखि शसक्त चर्चामा रहेका स्रष्टा राकेश काफ्लेका एकल शब्दमा रहेको कृतिमानी एल्बम “तुलसी मञ्जरी”मा संगृहित रहेको “पक्कै अब तिमीले जीवन साथी चुन्छौं होला..” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सिडिएम म्युजिक क्रियसनले बजारमा ल्याएको यस म्युजिक भिडियोलाई अमेरिकामा पुर्नबासित नेपाली भाषी भूटानी कलाकर्मी राज बस्नेतले निर्देशन गरेका छन। त्यसो त राज बस्नेत एक कुशल मोडल पनि हुन।बहु प्रतिभाका धनी राज बस्नेत यस म्यूज़िक भिडियोको निर्देशन सगँ-सगै कलाकारिताको छेत्रमा म्यूज़िक भिडियो निर्देशकको रूपमा पनि चम्किने छन..गीतकार काफ्ले बिश्वासको साथ भन्छन्।

सम्भावनाको खोजिमा उत्रिएर जस्तो सुकै चुनाैति मोल्न पनि पछि नपर्ने गीतकार काफ्लेले निर्देशक राज बस्नेत मार्फत नयाँ कलाकार कमला शर्मा र बिशाल मुक्तानलाई अभिनय क्षेत्रमा भित्र्याएका छन् ।

नयाँ प्रतिभाहरूको खोजिमा तल्लिन रहने काफ्लेले यस म्युजिक भिडियोमा प्राय सबै नयाँ प्रतिभाहरूलाई मौका दिएका छन्।काफ्ले हाँस्दै भन्छन्,” चलेकाद्वारा चल्नु र बलेकाको मदतमा बल्नु साह्रै सजिलो छ,चल्न खोज्नेलाई चलाउनु र बल्न खोज्नेलाई बाल्नु गाह्रो त छ तर मेरा निम्ति आत्म सन्तुष्ट यही छ।”

हालका चर्चित युवा संगीतकार राजू कार्कीको संगीत र काठमाण्डाै नेपालका चर्चित युवा गायक सि.डी विजय अधिकारीको स्वरमा संगृहित रहेको उक्त म्युजिक भिडियोको सम्पादन कार्य अमित,रबीन र बिशालले गरेका छन्।

Post Comment