यसकारण आफ्नो बनाउन सकेनन रूपालाई मिन र गोपालले (भिडियो सहित)

यसकारण आफ्नो बनाउन सकेनन रूपालाई मिन र गोपालले (भिडियो सहित)
कला - संगीत

कमल सरगम
काठमाण्डौ ।
“मेरा अधुरा सपना तिमीलाई पाउने अब यो सपना चकनाचुर भयो ,तिमीलाई पाउन नासकेनी जुनी जुनी तिम्रो माया यो मुटुमा सझाएर राख्ने छु कसम तिमीलाई भुल्न सक्दिन”।यस्तै शब्द भावमा अनुबन्धित सुपारी म्यूजिक प्रालिको अर्को उत्कृष्ट प्रस्तुति चर्चित गायिका पूर्णकला बिसी र पछिल्लो समयका चर्चित गायक  राजेन्द्र कंडेलको सुमधुर आवाजमा प्रतिभासाली सर्जक मिलन फाल र याम रानाको लोकदोहोरी गीत “क्यारी भुल्न सक्छु”बजारमा आएको छ ।प्रतिभासाली सर्जक निरज आलेको लय र याम रानाको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय भने रुपा,मिन र गोपालले गरेका छन भने भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् ।दुर्गा पौडेलको छायांकन मा तयार गीतको सम्पादन भने सुजन साहीले गरेका हुन् ।म्यूजिक भिडियोको निर्माण भनेसिम्रन फिल्मसले गरेको हो ।
गीत निकै उत्कृष्ट बनेको छ ।गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Post Comment