निमा रुम्बाले सिकागोमा कमाल गरे

निमा रुम्बाले सिकागोमा कमाल गरे
कला - संगीत

भ्यालेन्टाइन डे वीकेंड पारेर गत फेब्रुवरी १९ तारिख आइतबार नेपाली पप गायक निमा रुम्बाले सिकागो बासीलाई नचाए ।

सिकागोका ब्यबसायी युवाहरुको व्यापारिक संस्था “तरंग” ले पश्चिमी सभ्यतामा प्रख्यात पर्ब भ्यालेन्टाइन डे (प्रेम दिवस) को अबसर पारेर युवाहरुलाई लक्षित गरि आयोजना गरेको कन्सर्टमा सिकागोका बिभिन्न उमेर समुहका युवा युवतीहरुले भरपुर मनोरंजन लिए । तरंग को स्थापनाको यति छोटो अबवाधिमा नै स्थानिय जनसमुदायबाट पाएको माया बाट आफुहरु उत्साहित भएको कुरा तरंगका संचालक मध्येका किरण व्यन्जनकारले बताउनु भयो । त्यस्तै सिकागोको स्थानीय सांगीतिक समूह “अन डिसाइडेड नेपाल” को प्रस्तुतिलाइ पनि सबैले रुचाएका थिए । सो अबसरमा सिकागोका स्थानिय गायक नारायण गजमेरको एल्बम “निश्चल” को पप गायक निमा रुम्बाले बिमोचन गरेका थिए ।

नाच्न ब्यस्त रहेका एक युवालाई कार्यक्रमको बारेमा सोच्दा उनले भने “निमा रुम्बाले कमाल गरे” । सिकागोमा उपलब्ध सुबिधा सम्पन्न अडिटोरियमहरु मध्येको लोगन स्क्वाएर अडिटोरियममा आयोजना गरिएको यो सांगीतिक कार्यक्रममा निमा रुम्बाले संगीत प्रेमीहरुको अपेक्षा माथि न्याय गरेको कुरा तरंगका अध्यक्ष सुरज घिमिरेले बताउनु भयो ।

Post Comment