कोलोराडो, अमेरिका । कोलोराडोमा रहेको आरुसी प्रोडक्सनले ४ दिने नृत्य सम्बन्धी महत्वपुर्ण तालिम आयोजना गर्ने भएको छ ।
समाजको विभिन्न विषय वस्तुलाई सामाजिक सन्जाल मार्फत प्रस्तुत गर्दै आएको प्रोडक्सनले यहि मार्च १८ तरिका देखि २१ तरिका सम्म हुने तालिम शनिबार र आइतबार विहानको ११ बजेदेखि बेलुकाको ३ बजेसम्म हुनेछ भने सोमबार र मंगलबार बेलुका ४ बजे देखि ७ बजेसम्म हुने प्रोडक्सनका भिम राईले जानकारी गरेका छन् । कोलोराडोको अरोरास्थित म्यनगो हाउसमा आयोजना हुन लागेको सो तालिमलाई विगत ८ वर्षदेखि व्यवसायिक रुपमा विभिन्न म्युजिक भिडियोको निर्देशक अनि गिनिज बुक अफ वल्र्डमा रेकर्ड राख्न सफल नेपाली चलचित्र लभ यु बाबाको नृत्य निर्देशक समेत रहेका नर मान राईले सहजीकारण गर्ने भएका छन् ।
प्रवासमा रहेर समेत नेपाली भाषा, संस्कृति अनि कलालाई जोगर्ण गर्दै आएको सो प्रोडक्सनले बालबालिका अनि युवाहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रम प्रस्तुत गर्दै आएको छ । हाल आएर किन यो नृत्य तालिम आयोजना गर्नु नि भन्ने हाम्रो प्रश्नमा सो प्रोडक्सनका भिम राईले भने,’हाम्रो भाइ बहिनीहरु विधयाल जान्छन् पढ्छन् तर यति मात्रैले हाम्रो नानीहरुलाई पुग्दैन । उनीहरुले आफ्नो कलाकारिता बाट पनि आफुलाई योग्य र राम्रो जीवन अनि नम्रता साथ जीवन जिउन सक्छन र कलाकारिता पनि शिक्षाको एउटा आङ्ग हो।
हाम्रो भाइ बहिनीहरु ८ घन्ट विधालय जन्छन् शिक्षा सिकेर फर्खिन्छ्न त्यस पछि बाकी समय १-२ घन्ट कुनै कला क्षेत्रमा लगाउन सकियो भने हाम्रो समाजका लागि निकै ठुलो उपलब्धि हुन्छ । उनीहरुलाई कुलतको बाटोबाट जोगाउन सकिन्छ । उनीहरुको स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि ठूलो सहयोग पुग्छ ।’ राईले फेरी थपे,’ तालिममा हिप हप,कन्टेन्पोररी, क्लासिकल सम्बन्धी विशेष तालिम दिइने छ । सबै भाई बहिनीहरुलाई सहभागीको लागि अनुरोध गर्दछु !’