युएस नेपाल न्युज, काठ्माण्डौ । पुराना स्रटाहरुको सिर्जनाहरुलाई हुबहु कपि गरेर बजारमा अफ्नो नाम राखेर बेच्ने ब्यापारीहरु कलाकार हैनन दलाल हुन। यस्तो गतिविधिमा सम्लग्न जो कसैलाई पनि नेपाल सरकारको प्रतिलिपी अधिकार रजिस्टारको कार्यालायमा पुर्याइ कानुनि कार्वाहीको लागि पहल गर्नु पर्नेमा गित संगितको लागि लड्छु भनेर खोलिएका संस्थाहरु उल्टो चोरी गर्नेलाई बचाउन तर्फ लागेको बुझिएको छ । बिशेष शुत्रको अनुसार ओरजिनल गितका सर्जक धनराम केसी मुस्कानको चोरी गरि बनाइएको सरोज लामीछनेको नयाँ गित माछी कहाँ छ मा लयमा धनराम केसीको नाम राखिदिएर सम्झौता गर्न लागिएको छ ।
त्यस्तै पुरानो गित चोरीको आरोप लागेका लामिछानेले गितको चोरी भयो भन्ने हरुलाई आफ्नु चोरी प्रमाणित भैसक्दा पनी सामाजिक सञ्जाल मार्फत धम्की दिएका छन। यतिबेला उनको गत साल बजारमा आएको गित ‘माछी कहाँ छ’ धनराम केसी (मुस्कान) को गित जस्ताको तस्तै कपी गरिएको प्रमाणको भिडियो सामाजिक सञ्जालमा भाईरल भैरहेको छ । उनको पछिलो समय बजारमा आएको गित ‘घर त ठिमी’ पनि पुराना गायक हरेराम कार्कीको ‘सुन्तली’ बोलको गित पुरै जस्ताको तस्तै कपी गरिएको आरोप लगाईएको छ । यस भन्दा अगाडीको गित ‘बदम खाको सुन्तला छोडाको’ र ‘जुरेली चरी’ गित समेत हुबहु कपी गरिएको उनलाई आरोप लगाईएको छ । गायक नवीन भण्डारीले उनको गलत धन्दाको पर्दाफास गरेका थिए । त्यसपछी उनीबिरुद्ध चौतर्फी रुपमा बिरोधको आवाज निक्लिरहेको छ । उनको फ्यान बनेकाहरु पनि अब उनको गितलाई बहिस्कार गर्ने निर्णयमा पुगेको पाईएको छ । जसको गित कपी गरिएको हो त्यो मान्छे चुप लाग्नु, लोक गितलाई मर्यादित बनाउन खोलेका संस्थाहरु कानमा तेल हालेर बस्नाले र उल्टो मिलेमतोमा लाग्ने, दर्शक श्रोताले केही नबोल्नाले यस्तो गलत प्रबृत्तीले प्रोत्साहन पाएको जानकारहरु बताउँछन।
गल्ती सुधार्नु र आफ्नु गल्ती स्विकारेर आम दर्शक श्रोता संग माफी माग्नुको साट्टो मिडियाको दुरुपयोग गर्दै उल्टो गायक लामिछानेले आफ्नु गलत प्रबृतीको बिरोध गर्नेहरुलाई नछाड्ने भनेर धम्काईरहँदा गायक भण्डारीले भने अन्य कपी गरिएका भाकाहरु र उनको कालो कर्तुतको पनि एक पछी अर्को गर्दै पर्दाफास गर्ने सामाजिक सञ्जाल फेसबुक मार्फत बताएका छन । स्मरण रहोस गायक लामिछाने रेडियो सिटि एफएम ९८.८ मा बिहान १० देखि ११ बजे सम्म लोक गितकै कार्यक्रम चलाउँदै आएका छन । उनको हर्कत बाहिरिएपछी अब कार्यक्रम सञ्चालन गर्न दिने या नदिने भन्ने बिषयमा रेडियो सञ्चालक समीती समेत सोच्न बाध्य भएको खबर बाहिरिएको छ।