कु-संस्कारको सुरुवात

कु-संस्कारको  सुरुवात
कला - संगीत

काठमाडौ । पछील्लो समय लोकदोहोरि गितमा चोरि गर्ने क्रम बडे सङगै बिवादित ब्यत्ती र गित हरुलाई डाक छोप र सफाइ दिने कार्य सुरु भयको छ । सोमबार क्लासिक एफएम …र सिटिजन एफएम..को लोक दोहोरी विशेष कार्यक्रमहरुमा पटक पटक गित चोरी गरिरहेका चोरी आरोपित सरोज लामिछानेलाई चोख्याउने प्रयास गरिएको हो । लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, पुराना सर्जक शिव नारायण जोशी, पुराना सर्जक धनराम केसी मुस्कान, लोक सञ्चारकर्मी नेपालका अध्यक्ष हरीबल्लभ नेपाल, रास्टृय सङित कर्मी संघ नेपालका उपाध्यक्ष नमराज ढुङ्गना सहित पुगेको टोलिले रेडियो कार्यक्रमा सार्वजनिक रुपमा चोख्याउने प्रयास गरेका छन । यद्यपि उनले चोरी गरेर बजारमा ल्यायका अन्य गितहरुको प्रमाणहरु पनि ।निरन्तर सामजिक सन्जाल फेसबुकमा आईरहेका छन । यति फेसबुकामा भाइरल समग्र पुराना गित चोरी गर्नेहरुको बारेमा भन्डाफोर चलेको छ ।

लामिछानेको बियमा आईतबार बेलुकी सम्म पुराना सर्जक केसी सङ मिल्ने कुराकानी थिएन । तर रातारात पैसाको खेलले मेलमिलाप भएको बिशेष श्रोतले बाट जानकारी हुन आयको छ। पुराना स्रष्टाहरुको सिर्जनालाई हुबहु कपि गरेर अफ्नो नाम राखेर बजारमा बेच्ने ब्यापारीहरु कलाकार हैनन दलाल हुन। यस्तो गतिविधिमा सम्लग्न जो कसैलाई पनि नेपाल सरकारको प्रतिलिपी अधिकार रजिस्टारको कार्यालायमा पुर्याइ कानुनि कार्वाहीको लागि पहल गर्नु पर्नेमा उल्टो पुराना सर्टाहरुनै पैसामा बिक्ने यो कुसंस्कारको सुरुवात भएको छ । आफ्नै गित चोरी हुदा अघिपछी चोरी भो भनेर कुर्लीने तर मिडियामा लोकाचार पार्ने प्रबृत्तिले एकदमै गलत नजिर बस्ने जानकारहरु बताउदछन ।

यसै बिच गायक राम थापा शिशिर, प्रकाश कटुवाल लगायत अन्यलाई पनि चोरीको आरोप लागिरहेको छ । गित हुबहु चोरीको प्रमाण सहितका भिडियोहरु सामाजिक सन्जाल तातिरहेका छन । गायक राम थापालाई पुराना सर्जक शिवनारायण जोशीको गितहरु बाट ठोक मादल लौन हो, तिलको अचार र फुलफुल्यो बनभरी हुबहु चोरी गरिएको कुरा बाहिर आइरहेको छ छ । त्यसैगरि गायक प्रकाश कटुवाललाई घर हाम्रो रामेछाप बोलको गित चोरेर फुलफुल्यो केशरी निकालेकोमा आरोप छ। साथै कटुवालको निर्माणको क्रममा रहेको नयाँ भनियको गित छेकेन जामाले समेत “मैना चरीलाई, यो जोवन तिम्रै भो सँधै भरीलाई ” भन्ने पुरानो गित बाट जस्ताको तस्तै चोरिएको स्पस्ट भयको छ ।

Post Comment