भारतमा पहिलो नेपाली स्टुडियोको रुपमा “बिग परिवेश रेकर्डिङ स्टुडियो” को शाखा सुरु

भारतमा पहिलो नेपाली स्टुडियोको रुपमा “बिग परिवेश रेकर्डिङ स्टुडियो” को शाखा सुरु
कला - संगीत

भारत, मुम्बई – गोरेगाउ वेस्ट मोतिलाल नगर नम्बर १ स्थित 26/01/2020 मा भारतकै पहिलो नेपाली स्टुडियो बिग परिवेश रेकर्डिङ स्टुडियो नेपाल काठमाडौको साखा उदघाटन भएको छ।उक्त स्टुडियो चर्चित गायिका दीपा नारायण झाको प्रमुख आतिथ्य सङ्गै थुप्रै प्रबासी नेपाली कलाकारहरुको उपस्थितिमा उदघाटन गरिएको थियो।

मौलिक भाका संस्कृतिलाई जगेर्ना गर्ने मुख्य उद्देश्य बोकेर निर्माण गरियको बिग परिवेश स्टुडियो नेपाली गीत सङ्गीतलाइ प्रबाशमा बसेर पनि सरक्षण गर्न सकिन्छ भन्ने उदाहरणिय कुरा पनी हो।यश स्टुडियोका सन्चालक गायक, सङ्गीतकार तथा म्युजिक एरेन्जर भुवन प्रकाश बडु रहेका छन ।

उहाले २०५० साल देखि गीत सङ्गीतलाइ आफ्नो धरोहर मानेर थुप्रै उदाहरणिय कार्य गर्दै अर्थात नेपाली गीत सङ्गीतमा अहम भुमिका निर्बाह गर्दै आफ्नै एकल प्रयासमा 132 कलाकारहरुको सामुहिक स्वरमा समर्पित एतिहासिक गीत न्याउल्या समेत निर्माण गरि राज्यलाइ चकित पारेका थिए ।

नेपाली गीत सङ्गीतलाइ देश तथा बिदेशमा फैलाउन र सरक्षण गर्नका लागि भारतमा स्टुडियो खोलिएको भुवन प्रकाश बडुले बताए।प्रमुख अतिथिको रुपमा रहेकी चर्चित गायिका दीपा नारायण झाले रिबन काटेर यश स्टुडियोको उदघाटन गरेकी हुन।

दीपा नारायण झाले उदघाटनको क्रममा स्टुडियो लाई सफलताको शुभकामना सङ्गै भारतमा नेपालीहरुको लागि पहिलो रेकर्ड स्टुडियो स्थापना भएको र प्रवास मा बसेर गित संगित र आफ्नो मौलिक कला संस्कृति लाई माया गर्ने सम्पूर्ण नेपाली हरुको लागि बिग परिवेश रेकर्डिङ स्टुडियो सुनौलो अवार रहेको बताइन ।

Post Comment