महेश नेपाल, काठ्माण्डौ । टिकटकमा अडियो भर्सन नै भाईरल बनेको र सर्वत्र रुचाईएको गित “ओए गनगन” डिजिटल बजारमा भिडियो सहीत आएको छ। संगम जंंग थापा र प्रतिमा अर्यालको सुमधुर स्वरमा सजिएको गितमा सानू केसीको शब्द र सुफीक्स मदनको लय रहेको छ ।
मिलन फिलिम्स प्रोडक्सन प्रा.ली.को आधीकारीक युटुब च्यानल मार्फत बजारमा आएको यस गितको म्युजिक भिडियोमा मुकुन्द थापा, अनु पराजुली, करुणा पाण्डे, सुदर्शन खतीवडा, मिलन भण्डारी, तारा भुषाल, दिनेश श्रेष्ठ, बिनोद नेपाल, मिश्रा काफ्ले, अंकुर जिसी लगायतको जिवन्त अभिनय देख्न सकीन्छ । मिलन श्रेष्ठको निर्देशन, जनकराज अधीकारीको छायाँकन र रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो ।
हेर्नुहोस भिडियो: