प्राय सर्जकहरुले एफएम मिडियामा गित बजाउँदा क्रेडिट नदिएको संचारकर्मिहरुलार्ई आरोप लगाउँदै आएका छन् । आफुले बनाएको गितको क्रेडिट नपाएको भन्दै उनिहरुले गुनासो गर्ने गर्दछन । तर प्राय स्टेज कार्यक्रममा गायकहरुले नै गित प्रस्तुत गर्दा त्यसका सर्जकहरुलाई बिर्सने गर्दछन् । कतिपयले त नाम त परको कुरा गितको सर्जकलाई नै मेटेर आफ्नै नाम समेत उच्चारण गर्ने गरेको पाइन्छ । यस्तै भयो नेपाल आइडलको टप ५ छनौट चरणमा ।
टप १८ बाट बाहिरिएका अफ्सर अलिले प्रताप दास संगै गीत गाइसकेपछि तराइमा बाढिले पुर्याएको क्षतिको दुखमा दैव हे वोलको गीत गाए । अलिले यो गीत गाएपछि उनलाई कार्यक्रम संचालक सुशिल नेपालले उत्कृष्ट गित सिर्जना गरेको भन्दै धन्यवाद समेत दिए।जस्ले नेपाल आईडल हेर्ने दर्शक तथा स्रोतालाई त्यो गीत अफ्सरकै भन्ने बुझायो । उक्त गीत अफ्सरको नभै गायक तथा संगीतकार योगेश काजीको हो । जुन गीत योगेशले ७२ सालको विनाशकारी भुकम्प लगत्तै आफ्नै शव्द,संगीत तथा स्वरमा बनाएका थिए । अफ्सरले त्यो गीत प्रस्तुत गर्दा कसैको नाम नलिई सुनाए । जव कि नम्वर वान गायन प्रतियोगीताका प्रस्तोताले गीत कम्पोज गरेकोमा धन्यवाद दिईरहँदा अलिले कुनै प्रतिकृया नजनाई मौन रुपमा उक्त गीतको वनरसीप लिईरहेका थिए । यसको कारण नेपाल आइडल फेरि बिवादमा तानिएको छ ।
करिब साढे २ बर्ष अघिको भुकम्प पश्चात योगशकाजीले आफ्नै सिर्जनामा यो गित बनाएर सार्वजनिक गरिसकेका छन् । योगेशले सामाजिक संजाल मार्फत आफ्नो सिर्जनामा सर्जकको नाम समेत नदिएको भन्दै आक्रोश पोखेका छन् ।
[youtube https://www.youtube.com/watch?v=Mhw5-5fS3Xo]
नेपाल आइडल एक फ्रेन्चाइज शो हो । यसले चर्चा त कमायो नै यो संगै प्रतियोगिहरुमा घमण्ड पनि जन्माएको छ भन्ने गुनासोहरु यसअघि पनि सुनिदै आएको थियो । एउटा प्रतियोगिले सर्जकको नाम समेत उच्चारण नगरिकन आफ्नो सिर्जना भनेर गाइरहंदा यसले पनि त्यो गुनासोलाई केहि हद सम्म सत्य भनेर प्रमाणित गरेको छ ।