नेपाल आइडलविरुद्ध परेको रिट खारेज

नेपाल आइडलविरुद्ध परेको रिट खारेज
कला - संगीत मनोरन्जन

नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलविरुद्ध परेको रिट काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएको छ । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेजको आदेश दिएको हो ।

अधिवक्ता न्यौपानेले नेपाल आइडलमा भोट गन्ने काम एक पक्षीय भएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गर्नुभएको थियो । यसअघि बुधबार दिवाकर भट्टको एकल इजलासले नेपाल आइडल आयोजकलाई भोट गन्ने काम रोक्न र सक्कल फाइलसहित अदालतमा उपस्थित हुन आग्रह गरेको थियो ।

Post Comment