पाेखरा, कार्तिक ११ गते । गायक कर्म ग्याल्छेनको एकल साँझ शनिबार पोखरामा सम्पन्न भएको छ । कर्मको एक दर्जन तथा गायिकाद्वय शीतल थापा र रोशनी गुरुङको २÷२ गरी १६ ओटा गीतमा पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा उपस्थित दर्शक मन्त्रमुग्ध भएका थिए ।
अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ् पोखरा, गतिशील मञ्जरीको संयुक्त आयोजनामा भएको कार्यव्रmममा गायक कर्मले गोपाल योन्जनको बनेको पहाराले यो छाती मेरो… बोलको राष्ट्रिय गीतबाट एकल साँझ सुरु गरेर तिमी पूर्वी भेगैमा… बोलको आफ्नै राष्ट्रिय गीतबाट अन्त्य गर्नुभएको थियो ।
कर्मले नारायण गोपाल, दीप श्रेष्ठ, उदय सोताङ, मनिला सोताङ, अन्जू पन्त, अरुण थापा, प्रेमध्वज प्रधान, प्रदिपराज पाण्डेलगायत अग्रज कलाकारका र आफ्ना गीतहरु प्रस्तुत गर्नुभएको थियो ।
गायिका शीतल थापाले अरुणा लामाको र आफ्नो गरी २ तथा गायिका रोशनी गुरुङले तारादेवीको स्वरमा रहेको र आफ्ना गरी २ सँगै कर्मसँग १÷१ गीतमा युगल प्रस्तुति राख्नुभएको थियो ।
५ सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका दार्जिलिङका स्थायी बासिन्दा गायक ग्याल्छेनको एकल गायन यो नै पहिलो हो । पोखरा असल मानिसहरुको सहर भएको भन्दै ग्याल्छेनले आफ्नो साङ्गीतिक यात्रामा पोखराले विशेष महत्व राख्ने बताउनुभयो । उहाँले आफू दार्जिलिङमा जन्मे हुर्के पनि खाँटी नेपाली भएको भन्न पाउँदा गर्व लाग्ने बताउँदा दर्शकले ताली बजाएका थिए ।
कार्यव्रmमकी प्रमुख अतिथि वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले कर्मको एकल साँझले कर्मको जीवनमा मात्र नभई पोखरा र सिङ्गो नेपाली साङ्गीतिक क्षेत्रमै विशेष महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यव्रmम संयोजक तथा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले कर्मको गायन प्रतिभा देखेर आफू निकै प्रभावित भएकाले देखेको पोखरामा एकल साँझ गर्ने सपना आज पूरा भएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यव्रmमका आयोजक लायन्स क्लब अफ् पोखरा गतिशील मञ्जरीकी अध्यक्ष भागिरथी सुवेदीले अनुपमसँग मिलेर साङ्गीतिक क्षेत्रबाट जुटाएको स्रोत समाजसेवका क्षेत्रमा प्रयोग गर्न पाउँदा गौरव लागेको बताउनुभयो ।
सञ्चारकर्मी गोविन्द सिन्जालीको सञ्चालनमा भएको कार्यव्रmममा मुख्य प्रायाजक चौधरी ग्रुपको उत्पादन हेटौँडा डेरीका प्रमुख कार्यकारी अधिकृत गीतकार होम न्यौपानेले पोखराले कर्मको प्रतिभाको सही मूल्याङ्कन गरेको भन्दै प्रशंंसा गर्नुभयो ।
कार्यक्रम नेपाली साङ्गीतिक क्षेत्रका अग्रज स्रष्टाप्रतिको समर्पण गरेर आयोजना गरिएको बताइएकाे छ ।