अमेरिकामा बिवाह बन्धनमा बांधिए राजबल्लभ कोइराला

अमेरिकामा  बिवाह बन्धनमा बांधिए राजबल्लभ कोइराला
कला - संगीत मनोरन्जन

नायक राजबल्लभ कोइराला बिवाह बन्धनमा बांधिएका छन् । अमेरिकामा रहेका नायक कोइरालाले डिसी महानगर क्षेत्रमा  आइतवार लामो समयदेखि प्रेममा रहेकी प्रेमिका प्रतिमा बिमलीसँग बिवाह बन्धनमा बांधिएका छन् । प्रतिमा जीव बायो मेडिकल इन्जिनियर हुन ।

उक्त बैबाहिक कार्यक्रममा डिसी महानगरका नेपाली समुदायका नायकका नजिकका आफन्त, नातेदारसँग शुभचिन्तक, साहित्यकार, समुदाय सदस्य तथा कलाकारहरूको उपस्थिती रहेको थियो ।

चलचित्र ‘हाइवे टु धुम्पुस्’को सुटिङको शिलसिलामा अमेरिका पुगेका राजबल्लभ अहिले अमेरिकामै आइटीको काम गर्छन्

Post Comment