खेलाडी सम्मानित

खेल

काठमाडौँ, २ पुस । राष्ट्रिय खेलकुद परिषद्ले थाइल्यान्डको फुकेटमा भएको अन्तर्राष्ट्रिय साम्बो प्रतियोगितामा कास्य पदक वितेकी भगवती माझीलाई आज नगद पुरस्कारसहित सम्मान गरेको छ ।

परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँलाई रु २० हजार प्रदान गरिएको थियो ।गत नोभेम्बर १३ देखि २४ तारिखसम्म भएको सो प्रतियोगितामा माझीले नेपाललाई कास्य पदक दिलाउनुभएको थियो  । उहाँ उक्त प्रतियोगिताको सेमीफाइनल खेलमा कजाकिस्तानकी खेलाडीसँग पराजित भएपछि नेपालले कास्यपदकमा चित्त बुझाउन बाध्य बनेको थियो ।

कार्यक्रममा नेपाल इन्सोरेन्स कम्पनीले माझीलाई एक वर्षका लागि रु पाँच लाख बराबरको दुर्घटना बिमा तथा रु १० हजार प्रदान गरेको थियो । त्यस्तै, नेपाल साम्बो सङ्घले २५ औँ विश्व च्याम्पियन्ससिपमा रजत पदक जितेका कृष्णलाल तामाङलाई सम्मानस्वरुप रु १० हजार प्रदान गरेको थियो । रासस

Post Comment