देशलाई चिनाउन खेलाडीको महत्वपूर्ण भूमिका

खेल

ललितपुर, १८ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई चिनाउन खेलाडीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

नेपाल कराँते महासङ्घ जिल्ला शाखाद्वारा आज यहाँ आयोजित खेलाडीलाई सम्मान कार्यक्रममा उहाँल सरकारले प्रस्तुत गरेको बजेटमा खेलकुद क्षेत्रमा न्यून विनियोजन भएको आरोप लगाउनुभयो ।

खेलाडी दीपक विष्टले खेलकुद क्षेत्रको विकासले देशको विकास हुन सक्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा महेश जोशी, पुरेन्द्रविक्रम लाखे, गोपाल महर्जन, निवासगोपाल वैद्य, हिरासिंह डङ्गोल, मनोज न्याछ्यों, मीनकृष्ण महर्जन, नारायणदेव राणा, दिलेन्द्रगोविन्द वैद्य र ओमनारायण श्रेष्ठ हुनुहुन्छ ।

खेलाडी दीपक श्रेष्ठलाई भने रु पन्ध्र हजारसहित सम्मान गरिएको थियो । यसैगरी प्रीति डङ्गोल, रवि महर्जन, गङ्गाराम महर्जन, नीता राई, विनोद शाक्य, विनोद महर्जन र अमृता शाक्यलाई रु दश हजारसहित सम्मान गरिएको अध्यक्ष सानुलाल श्रेष्ठले बताउनुभयो ।