युरोकप २०१६ को उपाधि पोर्चुगललाई

खेल

अमेरिका । आइतबार दिउसो भएको युरोकप २०१६ को फाइनलमा जर्सी न्ं ९ धारी एइडरको गोलको मद्दतले फ्रान्सलाई पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि जितेको छ ।

९० मिनेट समयसम्म कुनै गोल नभएपछी अतिरिक्त समयको १९ औं मिनेट अर्थत १०९ औं मिनेट मा एइडरले गरेको प्रहारलाई गोलकीपरले रोक्ने प्रयास गर्दा-गर्दै  पनि असफल भए पछी पोर्चुगलले नयाँ इतिहास रच्न सफल भएको हो ।

पोर्चुगलका प्रसिद्द खेलाडी रोनाल्डो घाइते भएर खेल्न नसके पनि आजको जित सङै पोर्चुगलले आफ्नो अन्तर्राष्ट्रिय खेलमा पहिलो उपाधी  प्राप्त गरेको छ ।