हाने विराट कोहलीले दोहोरो शतक

खेल

८ साउन ,काठमाडौँ । कप्तान विराट कोहलीको शानदार दोहोरो शतकको मद्दतमा भारतले वेष्ट इन्जिडसँगको पहिलो टेस्टको पहिलो पारीमा पाँच सय ६६ रन बनाएको छ । कोहलीले दुई सय ८३ बलमा २४ चौकाको मद्दतमा दुई सय रन बनाएका हुन् ।

विराटले ७० दशमलव ६७ को स्ट्राइक दरमा दोहोरो शतक बनाएका हुन् । चार विकेटको क्षतिमा तीन सय दुई रन बनाएको अवस्थाबाट शुक्रबार दोस्रो दिनको खेल सुरु गरेको भारतले दोस्रो दिन कुनै पनि विकेट नगुमाइ चार सय चार रनको आँकडा पूरा गरेको थियो ।

त्यसपछि भारतको भारतको चार विकेट भयो । भारतले पहिलो पारीको समाप्तीमा ८ विकेटको क्षतिमा पाँच सय ६६ रन बनायो । भारतका रविचन्द्रन आश्विनले एक सय १३ तथा शिखर धवनले ८४ रन बनाए । त्यसपछि पहिरो पारीको ब्याटिङ सुरु गरेको वेष्ट इन्डिजले पहिलो दिनको खेल सकिँदा एक विकेटको क्षतिमा ३१ रन बनाएको ।