भदौ ९ काठमाण्डौं । म्याच फिक्सिङको आरोपमा आजिवन खेल प्रतिवन्ध लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा, सन्दीप राई, विकास सिंह क्षेत्री , रितेश थापा र अन्जन केसीले पुनरावलोकनका लागि दिएको अपीललाई खारेज गरिएको छ ।
एएफसी अनुशासन समितिको आजको बैठकले उक्त अपीललाई खारेज गरे पछि उनीहरु पुनः खेलमा फर्कने संभावना अब न्युन बनेको छ ।
१५ डिसेम्बर २०१५ मा उनीहरुलाई आजीवन प्रतिवन्धको निर्णय एएफसीले गरेको थियो ।