एकै इनिङमा इङ्ल्यान्डले बनायो ४ सय ४४ रनको कीर्तिमान

खेल

ingand

काठमाडौं, भदौ १५ । एक दिवसिय क्रिकेटमा इङ्ल्यान्डले पाकिस्तान विरुद्धको शृङ्खला जितेको छ ।इङ्ल्यान्डको ट्रेण्ट ब्रिजमा गएराति सम्पन्न तेस्रो एक दिवसिय खेलमा घरेलु टोली इङ्ल्यान्ड १ सय ६९ रनले विजयी भएको हो ।

खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ३ विकेट गुमाएर ४ सय ४४ रन बनायो । एक दिवसिय क्रिकेटको इतिहासमा इङ्ल्यान्डले एकै ईनिङमा सर्वाधिक ४ सय ४४ रनको कीर्तिमान बनाएको यो पहिलो अवसर हो ।

यसअघि एक दिवसिय क्रिकेटको सर्वा्धिक योगफल बनाउने क्रममा नेदरल्याण्ड्स विरुद्धको खेलमा श्रीलंकाले ९ विकेट गुमाएर ४ सय ४३ रन बनाएको थियो । हिजोको खेलपछि श्रीलंकाको उक्त कीर्तिमान तोडिएको छ । इङ्ल्यान्डलाई कीर्तिमानी योगफलमा पु¥याउन अलेक्स हेल्सले सर्वा्धिक १ सय ७१ रन बनाए ।

यसैगरी जोस बट्लरले अविजित ९० रनको योगदान दिए । जवाफमा ४ सय ४५ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ४३ औं ओभरमा अल आउट हुनुपुर्व २ सय ७५ रन मात्रै बनाउन सक्यो ।