एकलाख पुरस्कार रासीको एकता क्रिकेट प्रतियोगीता सुरु

खेल

डोटी, कात्तिक २: सुदूरपश्चिको क्षेत्रीय सदरमुकाममा एकलाख प्रथम पुरस्कार रासीको एकता क्रिकेट प्रतियोगीता आजबाट सुरु भएको छ। डोटी

Ekata CricketTournament

उद्योग बाणिज्य संघ र दिपायल स्थित सेती सप्लायर्सको संयूक्त आयोजनामा संचालीत उक्त प्रतियोगीता दिपायलको राजपुरमा रहेको खप्तड रंगशालामा सुरु भएको हो ।

Ekata Cricket Turnament 2

प्रतियोगीतामा सुदूरपश्चिमका डोटी, कंचलपुर, डडेल्घुरा, बाजुरा, अछाम, कैलाली लगायतका जिल्लाहरुबाट १६ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । मंगलबार बिहान ९ बजेबाट सुरु भएको प्रतियोगीता अन्तरगत आज गोपघाट क्रिकेट टिम र पिपल्ला क्रिकेट टिम बिच खेल सुरु भएको थियो । गोपघाट क्रिकेट टिमले टस जितेर पिपल्ला क्रिकेट टिमलाई व्याटिङको निम्तो दिएको थियो । सुरुवाती प्रतियोगीतामा ९१ रनको चुनौती पाएको गोपघाट क्रिकेट टिम ७ वभरमा ९ बल लिदै ९२ रनले बिजयी भएको छ ।

दोस्रोEkata Cricket Turnament 3

खेलमा एससिसि सिलगढी र बाजुर क्रिकेट टिम बाजुरा बिच प्रतिसपर्दा भैरहेको छ । आजको खेलमा ६ वटा टिम प्रतियोगीतामा सहभागी हुनेछन् ।

यसEkata Cricket Turnament 4

अघि धनगढी क्रिकेट एकेडेमिका संस्थापक अध्यक्ष सुभाष शाहि र आयोजक डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले उद्घाटन गरेको उक्त प्रतियोगीतामा विजेता टिमले प्रमाणपत्र सहित नगद एकलाख र उपविजेता टिमले प्रमाणपत्र सहित नगद ५० हजार दिईने आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारि दिनु भयो । आयोजककाEkata Cricket Turnament 5

अनुसार लिडिङ विकेट , म्यान अफ द सिरिज र लिडिङ रन गरेर तिन–तिन हजारका दरले दिईने र हरेक खेलमा एक जना खेलाडिलाई नगद दुई सयका दरले म्यान अफ द म्याच प्रदान गरिने छ ।

Ekata Cricket Turnament 6

उद्योग बाणिज्य संघ डोटीको पहलमा भर्खरै निर्माण भएको खप्तड रंगशालामा सुरु भएको उक्त क्रिकेट प्रतियोगीता जिल्ला विकास समिति डोटी, दिपायल सिलगढी नगरपालीका डोटी, भद्रकाली रोजिन एण्ड टर्पेनटाइन इन्डष्ट्रिज प्रा.लि. कैलाली, गोरखा ब्रुअरी प्रा.लि. हात्तिसार, काठमाण्डौं र शैलेश्वरी यातायात व्यवसायी संघ डोटीको सहयोग रहेको छ ।

Post Comment