पेरिस । फ्रान्सेली फुटबल म्यागजिनले बालोन डी’ओरको लागि मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको छ । म्यागजिनले मनोनयनमा पर्ने ३० खेलाडीको नाम सार्वजनिक गरेको हो ।
म्यागजिनले सार्वजनिक गरेको नाममा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल, बार्सिलोनाका लियोनल मेस्सी, लुइस स्वारेज र नेइमार छन् । त्यस्तै लिसेस्टर सिटीका रियाद महरेज र जेमी भर्डी म्यानचेस्टर युनाइटेडका जाल्टन इब्राहिमोविच पाउल पोग्बा तथा म्यानचेस्टर सिटीका सर्जियो अग्युरो पनि मनोनयनमा परेका छन् ।
फ्रान्सेली म्यागजिनले सन् १९५६ बाट हरेक वर्ष विश्वको उत्कृष्ट खेलाडीलाई अवार्ड दिँदै आएको छ । पछिल्लो ६ वर्षमा भने म्यागजिनले फिफासँग मिलेर फिफा बालोन डि’ओर प्रदान गर्दै आएको थियो । तर, फिफाले हालै मात्र फ्रान्स फुटबलसँगको सम्झौता तोड्ने घोषणा गरेपछि फ्रान्स फुटबलले बालोन डि’ओर अवार्ड प्रदान गर्नेछ । अब फिफाले भने उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्नेछ । यो अवार्ड आउँदो जनवरीमा दिइने डेलि मेलले जनाएको छ ।
मनोनयन परेका खेलाडीहरु –
लियोनल मेस्सीः बार्सिलोना
क्रिष्टियानो रोनाल्डोः रियल मड्रिड
ग्यारेथ बेलः रियल मड्रिड
जाल्टन इब्राहिमोविचः म्यानचेस्टर युनाइटेड
सर्जियो अग्युरोः म्यानचेस्टर सिटी
लुइस स्वारेजः बार्सिलोना
जेमी भर्डीः लिसेस्टर सिटी
थोमस मुलरः बार्यन म्युनिख
म्यानुएल नुएरः बार्यन म्युनिख
नेइमारः बार्सिलोना
पिएर एमरिकः बारुसिया डर्टमुण्ड
जियानलुइजी बुफोनः युभेन्टस
केभिन डि ब्राउनः म्यानचेस्टर सिटी
पाउलो डिबालाः युभेन्टस
डिएगो गोडिनः एथ्लेटिको मड्रिड
एन्टोनी ग्रिजम्यानः एथ्लेटिको मड्रिड
गोन्जालो हेगुइनः युभेन्टस
आन्द्रेस इनिएस्टाः बार्सिलोना
कोकेः एथ्लेटिको मड्रिड
टोनी क्रसः रियल मड्रिड
रोबर्ट लेवान्डोस्कीः बार्यन म्युनिख
ह्युगो लोरिसः टोटनह्याम
रियाद महरेजः लिसेस्टर सिटी
लुका मोड्रिकः रियल मड्रिड
दिमित्री पेयटः वेष्ट ह्याम
पेपेः रियल मड्रिड
पउल पोग्बाः म्यानचेस्टर युनाइटेड
रुइ प्याट्रिसिओः स्पोर्टिङ लिस्बोन
सर्जियो रामोसः रियल मड्रिड
अटुरो भिडालः बार्यन म्युनिख
- बाह्रखरी