२० कार्तिक। थाइल्याण्डमा हुने महिला एसिया कप २०१६को खेल तालिका एसियाली क्रिक्रेट परिषद् एसीसीले सार्वजनिक गरेको छ।
यसै महिनामा हुनलागेको खेलमा आयोजक थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलङका गरी कुल ६ टिमले सहभागीता जनाउदै छन्।
खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल २६ नोभेम्बरमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेलमा नोभेम्बर २८ मा श्रीलङकाको सामना गर्दैछ। त्यस्तै नेपालले २९ मा बंगलादेश, डिसेम्बर १ मा थाइल्याण्ड र डिसेम्बर २ मा भारतको सामना गर्नेछ । प्रतियोगीता नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म थाइल्याण्डमा हुनेछ।