बार्सिलोनाका लागी मेस्सीको ५०० गोल

खेल

२३ कत्तिक । अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले बार्सिलोना क्लबका लागि ५ सय गोल पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

आइतबार राती सेभिलविरूद्ध ला लिगाको खेलमा बराबरी गोल गरेपछि मेसीले क्लबका लागि ५ सय गोलको कीर्तिमान पूरा गरेको बार्सिलोनाले जानकारी दिएको छ ।

जर्जे साम्पाउलीको सेभिल क्लबका लागि १५ मिनेटमा भिटोलोले सान्चेज पिजुआन मैदानमा गोलको अग्रता दिलाएका थिए ।

मेसीले ४३ मिनेटमा गोल गर्दै पहिलो हाफमा खेललाई बराबरीमा ल्याए । पछि लुइस सुआरेजले गोल गर्दे बार्सिलोनालाई जीत दिलाए ।

क्लबका अनुसार मेसीले बार्सिलोनाका लागि खेलेको आधिकारीक र मैत्रीपूर्ण खेलमा गरेको गोललाई जोड्दा आइतबार उनले गरेको गोल क्लबका लागि पाँच सयौं गोल थियो ।

बार्सिलोनाको आधिकारी खेलमा मेसीले ४ सय ६९ गोल गरिसकेका छन् । उनी यसअघि नै क्याट्लान क्लबबाट सर्वाधिक गोल गर्ने खेलाडी बनिसकेका छन् ।

आइतबार ५ सय गोलको कीर्तिमान भने विशेष थियो । दुई वर्षअघि अन्दालुसियन टोलीविरूद्ध ५–१ गोलले विजयी खेलमा ह्याट्रिक गरेपछि मेसीले २ सय ५३ गोल पूरा गरेका थिए ।

जुन बार्सिलोनाका लागि सर्वाधिक गोलकर्ता टेल्मो जाराको २ सय ५१ गोलभन्दा माथि थियो । मेसीले ला लिगामा मात्र ३ सय २० गोल गरिसकेका छन् ।

खुट्टाको पिडुँलाको नसामा समस्या आएका कारण लामो समय मैदान बाहिर रहेका मेसीले यो सिजन उत्कृष्ट पुनरागमन गरेका छन् ।

 

Post Comment