पोर्चुगलको सहज जित

खेल

विश्वकप २०१८ का लागि भईरहोको छनोट खेलमा पोर्चुगलले लात्भियालाई सहजै हराएको छ । घरेलु मैदानमा प्रभावशाली जित दर्ता गर्ने क्रममा पोर्चुगलले लात्भियालाई ४–१ ले हराएको हो ।

समुह बी अन्तर्गतको खेलमा पोर्चुगललाई जिताउन कप्तान क्रिष्टियानो रोनाल्डोले दुई तथा विलियम कार्वाल्हो र ब्रुनो अल्बेसले एक एक गोल गरे भने लात्भियाका लागि अरटुस जिजन्सले सान्त्वोना एक गोल गरे। २८औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गदै रोनाल्डोले पोर्चुगललाई सुरुवाति अग्रता दिलाए।

५९ औंं मिनेटमा पुन पाएको पेनाल्टीलाई रोनाल्डोले गोल गर्न नसक्दा ६८ औं मिनेटमा लात्भियाका अरुटर्स जिजन्सले बराबरी गोल गरे । पोर्चुगलले निकै दबाबमा राखेको खेलमा ७० औं मिनेटमा करिज्माको पासलाई सदुपयोग गर्दै विलियम कार्वाल्होले २–१ को अग्रता दोब्बर बनाए। यस्तै खेलको ८५ औ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ३–१ मा पुराए। इन्जुरी समयमा अबलेसले गोल गरेपछि पोर्चुगल ४–१ ले विजयी भयो ।

समुह बि मा स्वीट्जरल्याण्ड १२ अंक सहित समुहको शीर्ष स्थानमा छ भने ९ अंकसहित पोर्चुगल दोस्रो स्थानमा छ । यस्तै समुह एच अन्र्तगतको आजै भएका खेलहरुमा वेल्जियमले स्टोनियालाई ८–१ ले पराजित गर्‍यो भने ग्रिस र वोसनिया हर्ज गोभिनिया बिचको खेल बराबरीमा सकियो।

Post Comment