नेपाली फुटबल टिमका स्ट्राइकर विमल घर्तीमगरले फाइनलमा मकाउलाई हराएपछि त्यो जित आफ्नी बहिनीलाई समर्पित गरेका छन् । मंगलबार मलेसियामा भएको एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई हराउँदै नेपाल इतिहास रच्न सफल भएको थियो ।
आफूभन्दा अगाडि टिम, टिमभन्दा अगाडि देश । यो जित सम्पूर्ण नेपालीको हो । यो जित मेरो बहिनी, बाबा र विनाशकारी भूकम्पमा हामीबाट टाढा भएको सम्पूर्णलाई समर्पित गर्न चाहन्छु ’ -:उनले लेखेका छन् ।