सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारको सम्मान।

खेल

मंसिर३। मलेसियाको कोचिङमा मंगलबार सम्पन्न एएफसी सोलिडारिटी कपको फाइनल खेलमा नेपालले मकाउलाई पराजित गर्दै इतिहास रचेको थियो । उक्त खेलमा नेपालका लागि एकमात्र निर्णयक गोल सुजल श्रेष्ठले गरेका थिए। एएफसी सोलिडारिटी कपको उपाधि बिजेता नेपाली राष्ट्रिय फुटबल टेलिलाई सरकारले सम्मान गरेको छ ।
विहिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सम्मान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान जारी भएपछि नेपाली राजनीतिमा आएको आमुल परिवर्तन सँगै नेपाली फुटबलमा पनि आमुल परिवर्तन भएकोमा खुसीयाली व्यक्त गरे। उक्त बिशेष समारोहमा प्रधानमन्त्रीले उपाधि बिजेता नेपाली टोलीका सम्पुर्ण सदस्यलाई सम्मान गरे। उपाधि बिजेता टेलिलाई सरकारले जनही तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने निर्णय गरेपनि सोहि समारोहमा नगद सम्मान भने गरिएन ।
फुटबल लगायत खेलकुद क्षेत्रको बिकासका लागि बिशेष योजना बनाएर अधि बढ्न लागेको कुरा जानकारी दिदै प्रधानमन्त्रीले समारोहमा उपस्थित खेल मन्त्री दलजीत श्रीपाइली र राष्ट्रीय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार बिष्टलाई खेलाडि मैत्री योजना ल्याउन आग्रह गरे । भुकम्पले क्षति पुर्‍याएको  दशरथ रंगशालाको पुनर्निमाण कार्य अघि बढिसकेको जानकारी दिदैं छिट्टै पुरा हुने पनि बताए ।
फुटबलको बढ्दो लोकप्रियता सँगै दशरथ रंगशाला सानो हुने भएकाले ठुलो क्षमताको अन्तराष्ट्रिय मापदण्डको रंगशाला बनाउनेबारे पनि सरकारले योजना बनाइरहेको उनले दाबी गरे । यसअघि एन्फाका बरिष्ठ उपाध्यक्ष मणि कँुवरले भुकम्पले क्षति पु¥याएको रंगशाला पुननिर्माण समयमा हुन नसक्दा अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा गराउन नसकेको बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

Post Comment