मैत्रीपूर्ण फुटबलमा जापानमाथि नेपालको जित

खेल

४ मंसिर । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले जापानमाथि जित हात पारेको छ ।शनिबार सातोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १–० को जित हात पारेको हो ।नेपालको जितमा नवयुग श्रेष्ठले खेलको ५९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।नेपाल–जापान कूटनीतिक सम्बन्ध ६० औँवर्षमा प्रवेश गरेको अवसरमा खेल आयोजना गरिएको आयोजक कलरबाथका अध्यक्ष गणेशमान लामाले बताए ।

Post Comment