९ मंसिर। विश्व फुटबल महासंघ फिफाले बिहीबार जारी गरेको वरियता क्रममा नेपाल ५ स्थान माथि उक्लिदै १ सय ८१औं स्थानमा रहेको छ । भर्खरै मलेसियामा सम्पन्न सोलिडारिटी कप विजेता नेपालले खेलको स्तरमा क्रमिक सुधार गर्दै ५ स्थान माथि उक्लिन सफल भएको छ। यसअघि नेपाल १८६ औं स्थानमा थियो। फिफाको नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भारत सबैभन्दा माथि १३७औं स्थानमा रहेको छ भने अफगानिस्तान २ स्थान तल झर्दै १ सय ४७औं स्थानमा छ। त्यस्तै ४ स्थान माथि उक्लेको माल्दिभ्स १ सय ५४औं ,३ स्थान माथि उक्लेको भुटान १ सय ७६औं र नेपाल पछि बंगलादेश १ सय ८३औं स्थानमा छन्। यस्तै श्रीलंका १ सय ९५औं र पाकिस्तान १ सय ९६ औं स्थानमा रहेका छन् ।
फिफा वरियताको शीर्ष स्थानमा अर्जेन्टिना कायमै छ भने १ स्थान माथि उक्लदै ब्राजिल दोस्रो र १ स्थान तल झरेको जर्मनी तेस्रो स्थानमा रहँदा दुई स्थानमाथि उक्लिएको चिली चौथो र एक स्थान तल झरेको बेल्जियम पाँचौ स्थानमा छन् ।यस्तै कोलम्बियाछैठौ स्थानमा छ। सातौदेखि १० स्थानसम्म क्रमशः फ्रान्स,पोर्चुगल,उरुग्वे,स्पेन छन् । एसियाली राष्ट्रमा सबैभन्दा माथि इरान ३०औं स्थानमा छ ।