१० मंसिर । इङ्ल्यान्ड तथा लिभरपुलका पूर्व कप्तान स्टेफन जेरार्डले व्यवसायीक फुटबलबाट सन्यास लिएका छन्। १९ वर्ष लामो समय फुटबलमा विताएका जेरार्डले पत्रकार सम्ममेलन गर्दै सन्यास लिएको घोषण गरेका छन। लिभरपुलका कप्तान रहदा रहदै सन् २०१५ मा उनि अमेरिकी क्लब एलए ग्यालेक्सी गएका थिए ।
३६ वर्षिय जेरार्डले १७ वर्षको अन्तरालमा लिभरपुलबाट ७१० खेल खेल्दै १८६ गोल गरेका छन भने ९वटा ट्रफि जित्न सफल भएका छन् । उनले इङ्ल्यान्डका लागि ११४ खेल खेल्दै २१ गेल गरेका थिए । उनि इङ्ल्यान्डबाट सर्बाधिक खेलखेल्ने चौथो खेलाडी समेत हुन ।
जेरार्डले ए लाइसेन्स कोर्ष गरेका कारण सेल्टीक न्युक्यासल र लिभरपुल मध्ये एकमा प्रशिक्षक बनेर काम गर्न सक्ने सम्भावना रहेको छ।