१२ मंसिर,शनिबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगाको शिर्ष स्थानमा ६ अंकको अग्रता लिएको छ। रोनाल्डोले दुइ गोल गरे पछि रियल मड्रिड भाग्यवश मात्र स्पोटिङ गिजोनलाई २–१ ले हराउँदै ६ अंकको अग्रता लिएको हो।
घरेलु मैदानमा भएको खेलमा रियलले पाँचौ र १८ औं मिनेटमा गोल गरेका हुन । यस्तै ३५औं मिनेटमा कारमोनाले स्पोटिङका लागि एक गोल दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र रियल २–१ ले विजयी भयो। गएरातिको जित सँगै शीर्ष स्थानको रियल मड्रिडको १३ खेलबाट ३३ अंक भएको छ ।यस्तै दोस्रो स्थानको सेभिल्लाको २७ अंक छ ।
यस्तै एक खेल कम खेलेको बार्सिलोना रियल मड्रिड बार्सिलोना भन्दा सात अंकले पछि तेस्रो स्थानमा छ ।बार्सिलोनाको २६ अंक छ ।लालिगामा रोनाल्डोले अहिलेसम्म १० गोल गरिसकेका छन् बार्सिलोनाका कप्तान लियोनल मेसी र लुइस स्वारेजले समान ८–८ गोल गरेका छन्।