१३ मंसिर। इङ्लिस प्रिमियर लिग अन्र्तगत आइतबार राति वेष्टहाम विरुद्ध आफ्नौ घरेलु मैदानमा भएको १३औं चरणको खेलमा म्यानचेस्टर युनाइटेड १–१ को बराबरीमा रोकिएको छ ।
खेलको दोस्रो मिनेटमानै डाएफ्रा साखोले गोल गर्दै वेष्ट हामलाई सुरुवाति अग्रता दिलाए । तर २१औं मिनेटमा जाल्टन इब्राहिमोविचले पाउल पोग्बा को सहयोगमा बराबरी गोल र्फकाए पनि जित निकाल्न भने सकेनन ।
यस खेलमा मिडफिल्डर पाउल पोग्बाले फलको नक्कल गरेको भन्दै रेफ्रीले पहेलो कार्ड दिए । उक्त बिषयमा असन्तुष्टि देखाउदै म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले पानीको बोतल खुट्टाले हानेका थिए। जसमा अनुशासनहीन काम गरेको भन्दै रेफ्रीले उनलाई रातो कार्ड देखाएका थिए । यो महिना मात्र उनले दुई वटा रातो कार्ड पाइसकेका छन भने आउने १ खेल पनि उनले गुमाउने छन ।
आइतबार वेष्ट हामसँग अंक बाँडेपछि म्यानचेस्टर अंक तालिकामा शीर्ष स्थानमा रहेको चेन्सीभन्दा ११ अंकले पछि परेको छ । यस्तै आइतबार नै भएको अर्को खेलमा आर्सनलले बर्नमाउथ लाई ३–१ ले पराजित गर्दै चेन्सीसँगको अंक दुरी ३ मा झारेको छ । उक्त खेलमा एलेक्स सान्चेसले २ तथा थियो वाल्कटले एक गोल गरे।