रियल सोसिडाडसँग बार्सिलोना बराबरीमा रोकियो।

खेल

१३ मंसिर। स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । आइतबार राती भएको खेलमा बार्सिलोनाले रियल सोसिडासँग १–१ को बराबरी खेल्दै अंक बडेको हो।
सोसिडाडको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा कुनै गोल हुन सकेन। ५३औं मिनेटमा डा सिल्भाको गोलबाट अग्रता लिएको सोसिडाडले ६ मिनेट पनि अग्रता जोगाउन नसक्दा लियोनल मेस्सीले ५९ औं मिनेटमा बराबरी गोल फर्काए । तर त्यस पश्चात दुवै तर्फबाट कुनै गोल हुन सकेन ।
यो नतिजा सँगै बार्सिलोना लिग तालिकाको ३३ अंक सहित पहिलो स्थानको रियल मड्रिड भन्दा ६ अंकले पछि पर्दै दोस्रो स्थानमा रहेको छ भने सेभिल्ला समान अंकका साथ तेस्रो स्थानमा छ। यस्तै हिजो नै भएको अर्को खेलमा एथलेटीको मड्रिडले ओसासुनालाई ३–० ले हराउदै लिगको चौथो स्थानमा उक्लन सफल भएको छ।

Post Comment