इएल क्लासिकोमा रोनाल्डो र मेस्सी बीच उत्कृष्टताको लडाई।

खेल

१८ मंसिर।क्लव फुटबलमा सबैभन्दा प्रतिक्षित खेल स्पेनको दुई प्रतिद्वन्दी रियल मड्रिड र बार्सिलाना बीच आज शनिबार राती ९ बजे बार्सिलोनाको स्टेडियम नाउ क्याम्पमा हुदै छ। जुन खेलमा विश्वका हरेक फुटबल प्रेमीहरु सबैका आँखा दुई स्टार खेलाडीमा पर्ने पक्का छ।
इएल क्लासिको अन्तरगत दुई क्लव बीच मात्र नभई पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीबीचको प्रतिस्पर्धा पनि हो।
वर्तमान अवस्थामा दुवै खेलाडी विश्व फुटवलको स्टार मानिन्छन्। अन्तर्राष्ट्रिय फुटबलमा उदाएपछि यी दुबै खेलाडीले विश्वको उत्कृष्ट खेलाडीको सुचीमा सन् २००८ देखि कसैले उछिन्न सकेका छैनन्। हरेक वर्षहुने वर्षको उत्कृष्ट खेलाडीमा मेस्सीले ५ पटक र रोनाल्डोले ३ पटक जितेका छन्। गत सिजन मड्रिडलाई च्याम्पियन लिगको उपाधि र वर्षको सुरुवातमा पोर्चुगललाई युरो कपको उपाधि दिलाएका कारण यसपालि रोनाल्डो उत्कृष्ट खेलाडीको दाबेदारीमा अगाडी छन्। तर क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहेका मेस्सीले उनलाई कडा टक्कर दिईरहेका कारण शनिबारको खेल दुवै खेलाडीका लागि महत्वपूर्ण मानिएको छ।
यी दुवै खेलाडीले क्लब फुटबलमा गरेको गोललाई जोड्ने हो भने गोल संख्या १ हजार ८६ पुग्छ। यस्तै यिनीहरुले जितेको ट्रफीलाई जोड्दा ३८ वटा हुन जान्छ। यो अवस्थामा शनिबारको खेलमा रोनाल्डो र मेसीको प्रतिद्वन्दीता रोचक नै मानिन्छ।
रियल मड्रिड विरुद्धको खेलमा मेसीको रेकर्ड त्यति राम्रो छैन। उनी मड्रिड विरुद्धका खेलमा गोलबाट चुकेका छैनन्। तर यो सिजन गोल गर्ने मामिलामा रोनाल्डो भन्दा मेस्सी निकै अगाडी रहेका छन्। पछिल्लो दुई खेलमा रोनाल्डोले पनि गोल राम्रो प्रदर्शन गर्दै गोलको संख्या बढाएका छन्।
मेसीले या सिजन १५ खेलमा १८ गोल गरेका छन् भने सातवटा गोलका लागि पास मिलाएका छन्। उ उनको ला लिगामा भन्दा च्याम्पियन लिगमा राम्रो प्रदर्शन गर्दै ४ खेलमा ९ गोल गरिसकेका छन।
मेस्सीको तुलनामा रोनाल्डो यो सिजन केहि पछाडी रहेता पनि ला लिगामा पछिल्लो दुई खेलमा उत्कृष्ट पुनरागमन गर्दै ५ गोल गरिसकेका छन्। ला लिगामा मात्र उनले १३ खेल खेल्दै १० गोल गरिसकेका छन् भने च्याम्पियन लिगमा जम्मा २ गोल मात्र गरेका छन जुन मेस्सी भन्दा ७ गोलले कम हो।
गत सिजन रोनाल्डोले ३५ गोल गर्दै मेस्सीको तुलनामा १० गोल बढि गरेका थिए। यसैले पनि शनिवारको खेलका लागि महत्व पूर्ण मानिन्छ।

Post Comment