रियलले बनायो अपराजित यात्राको नयाँ किर्तिमान।

खेल

२६ मंसिर । रियल म्याड्रिडको घरेलु मैदानमा हिजो भएको खेलमा सर्जियो रामोशले इन्जुरी समयमा गोल गर्दै रियलले डिर्पोटिभो कोरुना विरुद्ध संघर्षपूण जीत निकालेको छ। यो सँगै लगातार ३५ खेलमा अपराजित रहेर क्लबका लागि नयाँ किर्तिमान बनाएको छ ।
स्टार खेलाडि हरुलाई आराम दिइएको खेलमा रियल आफ्नो घरेलु मौदानमा अप्रत्यासित रुपमा २–१ ले पछि परेको थियो। तर खेलको अन्तिम ६ मिनेटमा दुई गोल गर्दै चिरप्रतिद्धन्द्धी बार्सिलोना माथि ६ अंकको अग्रता कायम राखेको छ। यसअघि ओसासुनालाई ३–० ले पराजित गर्दै बार्सिलोनाले रियलसँगको दुरी ३ अंकमा घटाएको थियो।
पहिलो हाफमा कुनै गोल हुन नसके पनि खेलको दोस्रो हाफमा अल्भारो मोराटाले २० यार्ड टाढाबाट गोल गर्दै रियललाई अग्रता दिलाए तर ६३औं र ६५औं मिनेटमा जोसेलुले २ गोल गर्दै डिर्पोटिभोलाई २–१ को अग्रता दिलाए र खेललाई रोमान्चक मोडमा पुर्याए। खेल सकिन ६ मिनेट मात्र बाँकि छदा मारिआनो डियाजले लुकासको सहयोगमा रियललाई बराबरीमा ल्याए। खेल सकिन केहि सेकेन्ड मात्रै बाँकिछदा टोनि क्रुसको पासमा सर्जियो रामोशले महत्वपूर्ण गोल गर्दै रियल मड्रिडलाई ऐतिहासिक जित दिलाए। जीतसँगै रियल मड्रिड १५ खेलबाट ३७ अंकका साथ शिर्ष स्थानमा छ भने समान खेल खेलेको बार्सिलोना ३१ अंकका साथ दोस्रो स्थानमा छ।
रामोशले यस सिजन ला लिगामा पाँच गोल गरिसकेका छन्।

Post Comment