मंसिर ३०। इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले तालिकामा आफनो शीर्ष सथान कायम राखेको छ। लिग अन्तर्गत बुधबार राति भएको खेलमा सन्डरल्याण्डमाथि १–० को झिनो अन्तरले जीत निकाल्दै चेल्सीले शीर्ष स्थान कायम राखेको हो। सन्डरल्याण्डको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेस फेब्रिगासले गरेको गोल नै चेल्सीको जितमा प्रयाप्त बन्यो। ख्ोलको ४०औं मिनेटमा स्पेनिस खेलाडि फेब्रिगासले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफमा दुवैतर्फबाट गोल हुन सकेन र चेल्सीले फेब्रिगासको गोलमा महत्वपूर्ण ३ अंक हासिल गर्यो।
जितपछि शीर्ष स्थानमा रहेको चेल्सीले १६ खेलबाट ४० अंक जोहेको छ। र, दोस्रो स्थानको लिभरपुल भन्दा ६ अंकले अघि छ। पराजित सन्डरल्याण्ड ११ अंक जोडेर लिगको पुछारमा छ।
लिग अन्तर्गत नै बुधबार राति भएको अर्को खेलमा वेष्ट ब्रोमले स्वान्सी सिटीलाई ३–१ ले पराजित गर्यो भने वेष्ट ह्यामले बर्नलीलाई १–० ले हरायो। यस्तै स्टोक सिटी र साउथह्यामप्टनले गोलरहित बराबरी खेलेका छन।