यु १९ एसिया कप, श्रीलंकासँग नेपाल १ रनले पराजित।

खेल

पौष १। एसिसि युथ एसिया कपमा नेपालले श्रसीलंकागसँ १ रनले पराजित भएको छ। जित नजिकै रहेको अवस्थामा अन्तिम ओेभरको तेस्रो बलमा दिपेन्द्र सिहं ऐरि आउट भएपछि नेपाल एक रनको साँघुरो अन्तरले पराजित भएको हो। २२८ रनको लक्ष्य पछयाउिने नेपाल ३ बल बाँकी छँदा २२६ रनमा अलआउट भयो। दिपेन्द्र सिंह एरीले उत्कृष्ट प्रदर्शन गर्दै ९० रन बनाएपनि उनि जित दिलाउनबाट चुके। अन्तिम ९बलमा नेपालले ३विकेट झारेको थियो।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको श्रीलंकाले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय २७ रन बनाएको हो। श्रीलंकाको लागि हासिथा बायोगाडाले सर्वाधिक ८३ रन बनाए। १०६ बल खेलेका उनले १२ चौका प्रहार गरे। त्यसबाहेक कृसान सान्जुलाले २८ रन जोडे।
नेपालको तर्फबाट कमल सिंह ऐरिले ३विकेट लिए भने पवन सराफले २ तथा दिपेन्द्र सिंह एरिले १ विकेट लिए। श्रीलंकाका २ खेलाडि रनआउट भए। नेपाल आज समुह चरणको दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

Post Comment