पौष १। रियल मड्रिड क्लब वल्र्ड कप फुटबलको उपाधि नजिक पुगेको छ। बिहिबार जापानको योकहामामा भएको सेमिफाइनलमा क्लब अमेरिकालाई २–० ले पराजित गर्दै रियल मड्रिड फिफा क्लब वल्र्ड कप फुटबलको उपाधि नजिक पुगेको हो
पहिलो हाफको हन्तिम मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए। यस्तै खेलको ९० औं मिनेटमा चौथो पटक बेलोन डिअर जितेका क्रिष्टियानो रोनाल्डोले गोल रियल मड्रिडको जित सुनिश्चित गरे। एपाधिका लागि रियल मड्रिडले अब कासिमा एन्टलर्सको सामना गर्नेछ।