पौष १ ।एसिसि युथ एसिया कप अन्तर्गत समुह चरणको दोस्रो खेलमा नेपालले भारतलाई १७३ रनको लक्ष्य दिएको छ। श्रीलंकाको कालोम्वोस्थित कोलोम्वो क्रिकेट क्लब ग्राउण्डमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा १७२ रन बनाएको हो।
अन्तिम ओभरमा रोहित कुमार पौडेलले ३ चौका र २ छक्काको मद्धतमा २४ रन जोडेपछि नेपललले भारत विरुद्ध गतिलो स्कोर खडा गरेको हो। ४ खेलाडिले मात्र दोहोरो अंक छुन सकेको नेपालले इनडिङमा रोहितले मात्र शर्धशतक पुरा गरे। प्हिलो खेलमा श्रीलंका विरुद्ध खेलेका कमल सिंह ऐरिको स्थानमा खेलेका रोहितले ९३ बल खेल्दै ७ चौका र २ छक्काको मद्धतमा ६८ रन बनाए। यस्तै श्रीलंका विरुद्ध ९० रन बनाएका दिपेन्द्र सिंह एरिले भारत विरुद्ध ६२ बल खेल्दै ४ चौकाको मद्धतमा ३४ रन जोडे। यसबाहेक ओपनर आसिफ शेखले १८ तथा विकेट र किपर प्रकाश केसीले १३ रन बनाए। ३२ बल खेलेका आसिफले २ चौका र १ छक्का प्रहार गरे।
यस्तै सुभांकर उराउ ९ रन,ओपनर सन्दीप सुनार कप्तान सन्दीप लामिछाने समान ७ तथा पवन सराफ २ रन बनाएर आउट भए। आदि खान र भिम शार्किले रनको खाता खोल्न सकेनन् भने नन्नदन यादव शुन्यमा नटआउट रहे। बलिङतर्फ भारतका राहुल चाहार एक्लैले ५ विकेट लिए।