पुस ३, २०७३- क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै रियल म्याड्रिडले जापानिज क्लब कासिमा एन्टलर्सलाई अतिरिक्त समयमा ४–२ ले हराएर आइतबार क्लब विश्वकपको उपाधि जितेको छ ।
खेलमा गोलको खाता रियलका करिम बेन्जेमाले नवौं मिनेटमा खोलेका थिए । त्यसपछि गाकु सिबासाकीले दुई गोल गरेपछि फुटबलमा ठूलै स्तब्ध नतिजानजिक पुगेको थियो । तर, रोनाल्डोले पेनाल्टीमार्फत् गोल गर्दै रियललाई २–२ को बराबरीमा पुर्याए र उनले अतिरिक्त समयमा दुई गोल थप्दै स्पेनी महारथीलाई तीन वर्षयता दोस्रोपल्ट क्लब विश्वकप च्याम्पियन बनाए ।
युरोपेली च्याम्पियन्स लिग विजेता रियल यसअघि सन् २०१४ मा च्याम्पियन भएको थियो । पहिलोपल्ट विश्वकपको पाmइनल खेलेको कासिमा एन्टलर्समाथि फाइनलको जितसँगै रियलले आफ्नो अपराजित यात्रालाई कीर्तिमान ३७ खेलसम्म पुर्याएको छ ।
तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाको एट्लेटिको नेसनलले पेनाल्टी–सुटआउटमा मेक्सिकोको क्लब अमेरिकालाई ४–३ ले हरायो । उक्त खेल निर्धारित समयमा २–२ मा टुंगिएको थियो ।